स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

टिपरको ठक्करबाट एक महिलाको मृत्यु

सेयर गर्नुहोस

 ९ माघ : टिपरको ठक्करबाट कञ्चनपुरको भीमदत्तनगर बजारमा आज एक महिलाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत भाषीतर्फबाट ग्राभेल लिएर भीमदत्तनगरतर्फ आइरहेको से१क ८८७ नं को टिपरको ठक्करले पैदलयात्रु महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो ।

महिलाको मृत्यु भए पनि सनाखत हुन सकेको छैन । स्थानीयवासीका अनुसार टिपर चालकको लापरवाहीका कारण मृत्यु भएको भन्दै राजमार्ग अवरुद्ध पारेका छन् । प्रहरीले घटनास्थलमा केही राउण्ड अश्रुग्याससमेत प्रहार गरेको छ । टिपर प्रहरी सुरक्षा घेरामा राखिएको छ भने शव महाकाली अस्पताल पु¥याइएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -