स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

प्रदेश लोकसेवा आयोग अध्यक्ष र सदस्यद्वारा शपथ ग्रहण

Public Service Commission latest news nepal
सेयर गर्नुहोस

९ माघ  : प्रदेश नं १ प्रदेश लोकसेवा आयोगका नव नियुक्त पदाधिकारीले आज यहाँ आयोजित एक समारोहबीच शपथ लिनुभएको छ ।

प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथ ग्रहण कार्यक्रममा प्रदेश लोकसेवा आयोगका अध्यक्ष उत्तमकुमार भट्टराई, सदस्यहरु टीकादत्त राई र सजना दाहालले शपथ लिनुभएको छ । विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठले आयोगका अध्यक्ष भट्टराईलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । यसैगरी अध्यक्ष भट्टराईले सदस्य राई र दाहाललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो ।

प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश लोकसेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७६ का दफा ३ को उपदफा (२) बमोजिम अध्यक्ष र सदस्यलाई आज नियुक्त गर्नुभएको हो । मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा सम्पन्न शपथ ग्रहण समारोहमा प्रदेशमन्त्री, राज्यमन्त्रीलगायत उच्च पदस्थ कर्मचारीको उपस्थिति रहेको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -