स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

वडास्तरीय क्रिकेट प्रतियोगिता शुरु

क्रिकेटमा उत्कृष्ट व्याटिङ
सेयर गर्नुहोस

 ८ माघ : शहरबजार र तराईमा मात्र खेलिने क्रिकेट खेलप्रति युवाको आकर्षण बढेपछि यहाँको छत्रदेव गाउँपालिकाले आजदेखि वडास्तरीय क्रिकेट प्रतियोगिता शुरु गरेको छ ।

पालिकाभित्रका आठै वडाको सहभागिता रहेको प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्माले उद्घाटन गर्दै युवापुस्ताको पहिलो रोजाइ बनेको क्रिकेट खेलको विकासमा सरकारको ध्यान जान जरुरी रहेको बताउनुभयो ।

ग्रामीण तथा शहरी क्षेत्र सबैतर्फ क्रिकेटप्रति युवाको आकर्षण बढेपछि दक्ष क्रिकेट खेलाडी उत्पादन गर्न वडास्तरीय क्रिकेट प्रतियोगिताको आयोजना गरिएको छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोखरेलले बताउनुभयो ।

उहाँले खेलकूदको माध्यमबाट युवाबीच आपसी सद्भाव र भाइचारको सम्बन्ध कायम गर्न क्रिकेट खेलको आयोजना गरेको जानकारी दिनुभयो । प्रतियोगितामा विजेताले रु ४० हजार, उपविजेताले रु २५ हजार र तेस्रो हुनेले रु १५ हजार नगद पाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -