स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

देवघाटधाममा भारद्वाज गोत्रीय पोखरेल प्रतिष्ठानको विराट महायज्ञ

सेयर गर्नुहोस

: भारद्वाज गोत्रीय पोखरेल प्रतिष्ठानले देवघाटधाममा श्रीमद्भागवत् महापूराण तथा विराट ज्ञान महायज्ञको आयोजना गर्ने भएको छ ।

महर्षि भारद्वाजको आश्रम निर्माणलगायतका पवित्र उद्देश्य राखी आयोजना गरिएको उक्त श्रीमद्भागवत् महापुराण तथा धनधान्याचल विराट् महायज्ञमा वाचन प्रवीण पण्डित दीनवन्धु पोखरेल एवं आचार्य पण्डित दुर्गा प्रसाद पोखरेलको मुखारविन्दवाट कथा वाचन हुनेछ । भारद्वाज दीनवन्धु पोखरेल

पण्डित दीनबन्धु पोखरेल

महायज्ञमा वेदपाठ पारायण, रुद्राभिषेक, श्रीमद्भागत पाठपारायण, तुलादान, भूमिदान, व्रतवन्ध, विवाह, चौरासी पूजा, ग्रहशान्ति, गुन्यूचोली, लक्ष्यदीप प्रज्ज्वलन, हवन, १००८ शालिग्राम पुजा तथा परिक्रमा लगायतका कार्यक्रम राखीएको छ ।

महायज्ञपश्चात् प्रतिष्ठानले तपोभूमि देवघाटमा भारद्वाजगोत्रीय पोखरेल प्रतिष्ठानको केन्द्रीय कार्यालय निर्माण, भारद्वाज ऋषिको आश्रम निर्माण, धार्मिक पुस्तकालय निर्माण, कुलदेवीको मन्दिर निर्माण, एम्बुलेन्स सञ्चालन, पितृमोक्ष दान, भारद्वाज गोत्रीय पोखरेलहरुको वंशवली निर्माण र टेलिफोन डाइरेक्टरी प्रकाशन, विपन्न व्यक्तिको स्वास्थ्य उपचारमा सहयोगका लागि अक्षय कोष स्थापना लगायतका कार्यहरु गर्ने भएको छ ।

माघ ११ गते देखि १८ गतेसम्म चल्ने उक्त अनुष्ठानमा उपस्थित भइ ज्ञानमृत(ज्ञानसुधा) पान गरी पुण्य आर्जन गर्न आयोजकले विश्वभरी छरिएर रहेका भारद्वाज गोत्री लगायत सम्पूर्ण सनातन धर्मावलम्वीहरुमा निमन्त्रना गरेको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+ज्ञान प्रसाद पोखरेल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -