स्वागतम्,
Wednesday 24th April 2024   |   Switch to English
Times of Nepal

सभामुखमा सापकोटाको उम्मेदवारी दर्ता

agni prasad sapkota - TON
सेयर गर्नुहोस

 ७ माघ : प्रतिनिधिसभाको सभामुख पदको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट नेता अग्निप्रसाद सापकोटाको उम्मेद्वारी दर्ता भएको छ ।

सङ्घीय संसद् भवन, नयाँबानेश्वरस्थित ल्होत्से हलमा आज मध्याह्न उहाँले उम्मेदवारी दर्ता गराउनुभएको हो । सापकोटाको उम्मेदवारीको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ रहनुभएको छ भने समर्थकमा नेकपाका प्रमुख सचेतक देव गुरुङ र सांसद ओनसरी घर्ती तथा राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्ण हुनुहुन्छ ।

संसद् सचिवालयले आज बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म मनोनयन दर्ताको समय तोकेको छ । सभामुख पदको निर्वाचन यही माघ १२ गते हुँदैछ । आइतबार बसेको नेकपाको सचिवालय बैठकले स्थायी कमिटी सदस्य सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो । तत्कालीन सभामुखले पदबाट राजीनामा दिएपछि चार महिनादेखि सभामुख पद रिक्त रहँदै आएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -