२० हजार लिटर मदिरा नष्ट

२० हजार लिटर मदिरा नष्ट


 ७ माघ : महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठले अवैधरूपमा सञ्चालन गरिएको मदिरा भट्टीमा छापा मारी २० हजार लिटर मदिरा नष्ट गरेको छ ।

बूढानीलकण्ठ नगरपालिका–२ कामीटारस्थित २० वटा भट्टीमा प्रहरीले सोमबार साँझ छापा मारेको हो । उक्त भट्टीबाट पाँच हजार लिटर तयारी अवस्थाको मदिरा र १५ हजार लिटर कच्चा पदार्थ बरामद गरी नष्ट गरेको प्रभागका प्रमुख प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिनुभयो ।

Advertisement

पचास जनाको नेतृत्वमा गएको प्रहरी टोलीले कामीटारका भट्टीमा छापा मार्दा मदिरा बनाउन बङ्गुरको कुहिएको आन्द्रा, जुत्ता, होटलबाट खेर गएका खानालगायतका फोहर तथा कुहिएको वस्तु प्रयोग गर्ने गरेको फेला परेको प्रहरीले बताएको छ । प्रहरीले स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी र स्थानीयवासीको रोहबरमा उक्त बरामद मदिरा नष्ट गरेको थियो ।

User Avatar
द टाइम्स अफ नेपाल / रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) मा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिने पहिलो व्यक्ति हुनुहोस् ।

जवाफ दिनुहोस

Your email address will not be published.

सम्बन्धित पोस्टहरू

छुट्यो कि?