प्रमद्वारा प्रदेशसभा सदस्य र पूर्व नगर प्रमुखकोे निधनमा समवेदना

प्रमद्वारा प्रदेशसभा सदस्य र पूर्व नगर प्रमुखकोे निधनमा समवेदना


 ६ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं ५ का प्रदेशसभा सदस्य तथा नेपाली काँग्रेसका नेता बलदेव पोखरेलको निधन भएको खबरले आफूलाई अत्यन्त दुःख लागेको जनाउनुभएको छ ।

प्रधानमन्त्री ओलीले आज शोक विज्ञप्ति जारी गरी उहाँप्रति श्रद्धासुमन व्यक्त गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ । फोक्सोको क्यानसरबाट पीडित पोखरेल प्रदेशसभामा ज्येष्ठ सदस्य तथा प्रमुख विपक्षी दलको नेता समेत हुनुहुन्थ्यो ।

Advertisement

प्रधानमन्त्री ओलीले रुपन्देहीमा नेपाली काँग्रेसको प्रतिबद्ध नेताको छवि बनाउनुभएका पोखरेलले समाज र राजनीतिमा पु¥याउनुभएको सकारात्मक योगदानको स्मरण पनि गर्नुभएको छ ।

यसैगरी, प्रधानमन्त्री ओलीले तत्कालीन धरान नगरपालिकाका पूर्वप्रमुख ध्यानबहादुर राईको निधन भएकामा श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । न्याय, समानता, स्वतन्त्रता र समाजको परिवर्तनका लागि कम्युनिष्ट आन्दोलनमा समाहित हुँदै राजनीतिमा होमिनुभएका राई २०४९ सालमा तत्कालीन नेकपा (एमाले)का तर्फबाट नगर प्रमुखमा निर्वाचित हुनुभएको थियो ।

User Avatar
द टाइम्स अफ नेपाल / रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) मा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिने पहिलो व्यक्ति हुनुहोस् ।

जवाफ दिनुहोस

Your email address will not be published.

सम्बन्धित पोस्टहरू

छुट्यो कि?