स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

प्रमुख प्रतिपक्षी दलका नेता पोखरेलको निधन

सेयर गर्नुहोस

 ६ माघ  : प्रदेश नं ५ प्रदेशसभाका प्रमुख प्रतिपक्षी दलका नेता बलदेव शर्मा पोखरेलको ८२ वर्षको उमेरमा आज निधन भएको छ ।

विगत एक वर्षदेखि क्यान्सर रोगबाट ग्रसित पोखरेलकोे रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४ खैरियास्थित आफ्नै निवासमा अपराह्न साढे १ बजे निधन भएको हो ।

छातीमा क्यान्सरको सङ्क्रमणका कारण रुपन्देहीको क्रिमसन अस्पतालमा उपचार गराइरहनुभएका पोखरेललाई केही दिनअघि मात्रै घर लगिएको थियो । विसं १९९४ माघ १९ गते प्युठानको तुसारामा जन्मिनुभएका पोखरेल नेपाली काँग्रेसको समानुपातिक कोटाबाट प्रदेशसभाको सदस्य बन्नुभएको थियो । उहाँ प्रदेशसभाकै जेष्ठ सदस्य हुनुहुन्थ्यो । पोखरेलका श्रीमती, चार छोरा र दुई छोरी हुनुहुन्छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -