स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

प्रदेश मन्त्रिमण्डल विस्तार : चार राज्यमन्त्री नियुक्त

सेयर गर्नुहोस

५ माघ : प्रदेश नंं १ को मन्त्रिमण्डलमा आज चार जना राज्यमन्त्री थप गरी विस्तार गरिएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले प्रदेश मुख्यमन्त्री शेरधन राईले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम प्रदेशसभा सदस्यहरुलाई राज्यमन्त्री नियुक्त गर्न सिफारिस गर्नु भएअनुसार चार राज्यमन्त्री नियुक्ति गर्नुभएको हो ।

नियुक्त हुने राज्यमन्त्रीहरुमा रामबहादुर मगर भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधार विकास मन्त्रालय, जसमाया गजमेर (विश्वकर्मा) सामाजिक विकास मन्त्रालय र विजयकुमार विश्वास उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय रहनुभएको छ । मुख्यमन्त्री राईले नवनियुक्त राज्यमन्त्रीलाई प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहबीच पद तथा गोपनीयताको सपथ गराउनुभयो ।

नवनियुक्त राज्यमन्त्री मगर इलाम, गुरुङ ओखलढुङ्गा, गजमेर (विश्वकर्मा) झापा तथा विश्वास मोरङ जिल्लाको हुनुहुन्छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -