स्वागतम्,
Wednesday 24th April 2024   |   Switch to English
Times of Nepal

समृद्धिका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक

सेयर गर्नुहोस

 ३ माघ : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले समृद्ध नेपालको महान् यात्रा तय गर्न सबै निकाय सक्रिय भएर लाग्नुपर्ने बताउनुभएको छ ।

सङ्घीय संसद्, प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको आयोजनामा आजबाट हेटौँडामा शुरु भएको ‘विकास र समृद्धिमा अन्तर तह समन्वय’ विषयक दुई दिने अन्तत्र्रिmया कार्यक्रममा उहाँले भन्नुभयो, “मुलुकको विकास र समृद्धिका लागि सबै नेपालीले इमान्दारीपूर्वक आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ ।”

मुख्यमन्त्री पौडेलले मुलुकमा सङ्घीयता आएको र सोही अनुसारको संरचनाहरु बनेको भए पनि केन्द्र नै सबैथोक हो भन्ने मानसिकता सबैतिर हाबी भएको उल्लेख गर्दै स्थानीय तह बनिसकेपछि पनि सङ्घीय सरकारले विकास निर्माणका काममा आफ्नै संरचना बनाएर जिल्ला जिल्लामा काम गर्दै आएको बताउनुभयो ।

केन्द्र, प्रदेश र स्थानीय सरकारका अधिकारबारे संविधानमा स्पष्ट व्यवस्था रहे पनि विविध कारणले त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै उहाँले काम र अधिकारको वर्गीकरण नहुँदासमेत प्रदेश सरकारले सोचेअनुसार विकास निर्माणको काम गर्न नसकेको बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले मुलुकको विकास र समृद्धिका लागि तीन तहका सरकारबीचमा समन्वय, सहकार्य र एकता अपरिहार्य आवश्यकता भएको बताउँदै विगतका र वर्तमानका काम गराइमा तात्विक भिन्नता नआएकाले अहिले पनि जनताका धेरै फाइल कार्यान्वयन नभएर टेबलमै थन्किएर बस्ने गरेको धारणा व्यक्त गर्नुभयो । प्रतिनिधिसभा विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा प्रतिनिधिसभा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले राज्यका तीनै तहका सरकार एकापसमा स्वायत्त भए पनि विकास निर्माणलगायत आयोेजनामा समन्वय गरेर काम गर्नुपर्ने बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -