स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

सन्दीपकोअस्ट्रेलियामा जारी बिग ब्यास लिग क्रिकेटमा उत्कृष्ट बलिङ

Sandip Lamichane - TON
सेयर गर्नुहोस

 १ माघ : नेपाली लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्नुभएको छ । बिग ब्यास लिगमा मेलबर्न स्टार्सबाट खेल्दै आउनुभएका उहाँले आज पर्थ स्कोचर्सविरुद्धको खेलमा ‘मेडन ओभर’ बलिङ गर्दै दुई विकेट लिनुभएको छ ।

सन्दीपले तीन ओभर मात्र बलिङ गर्नुभयो । उहाँले आफ्नो पहिलो ओभरमा बिना विकेट तीन रन खर्चिनुभयो भने दोस्रो ओभरमा पनि बिना कुनै विकेट चार रन दिनुभयो । सन्दीपले आफ्नो तेस्रो ओभरको तेस्रो र चौथो बलमा लगातार दुई विकेट लिनुभयो ।

उहाँले तेस्रो बलमा क्रिस जोर्डन तथा चौथो बलमा झाई रिचर्डसनको विकेट लिनुभएको हो । सो ओभरमा उहाँले कुनै रन खर्चिनु भएन । सन्दीपले विपक्षी खेलाडीलाई छक्का र चौकासमेत प्रहार गर्न दिनुभएन । यस यामको बिग ब्यासमा सन्दीपले हालसम्म नौ खेल खेल्दै ११ विकेट लिन सफल हुनुभएको छ ।

सन्दीपको टोली मेलबर्न स्टार्सले टस हारेपछि शुरुआतमा बलिङ गर्न पुगेको हो । विपक्षी टोली पर्थले १३ दशमलव पाँच ओभरमा सबै खेलाडी गुमाउँदै ८६ रन मात्र बनायो । सो खेलमा मेलबर्न आठ विकेटले विजयी भयो । बिग ब्यासमा सन्दीपको टोली मेलबर्न अङ्क तालिकाको शीर्ष स्थानमा छ । मेलबर्नले हालसम्म १० खेलमध्ये नौमा जित तथा एकमा हार बेहोर्दै १८ अङ्क बटुलेको छ । हालसम्म सन्दीपले चोटका कारण एउटा खेल मात्र गुमाउनुभएको छ । –––

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -