१ माघ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले ‘माघेसङ्क्रान्ति’ पर्वका अवसरमा प्रदेशवासीका साथै देश विदेशमा रहनुभएका दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक शुभकामना दिनुभएको छ ।
मुख्यमन्त्रीले आज दिनुभएको शुभकामना सन्देशमा ‘माघी’ पर्वले सामाजिक सद्भाव एवं सांस्कृतिक एकताको भावना कायम राख्दै प्रदेशवासीमा सुख शान्ति सुस्वास्थ्य एवं समुदायमा सुमधुर सम्बन्ध कायम गर्न प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गर्नुभएको छ । प्रदेश सरकारले महत्वपूर्ण पर्व ‘माघेसङ्क्रान्ति’का अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।