स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

सामुदायिक वनमा चिडियाखाना बनाइने

मुख्यमन्त्री गुरुङ
सेयर गर्नुहोस

२९ पुस : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले चिडियाखाना निर्माण गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने प्रदेश सरकारको सपना रहेको बताउनुभएको छ ।

युनाइटेड क्लब पोखराको आयोजनामा आजदेखि शुरु १० औँ संस्करणको पोखरा महोत्सवको उद्घाटन गर्दै उहाँले पोखरा महानगरपालिका ३०, ३१ र ३२ स्थित वेगनासताल र रुपातालको बीच भागमा रहेको सामुदायिक वनमा चिडियाखाना निर्माण गर्ने सपना देखेको क्लबसँग प्रदेश सरकारको समेत सपना जोडिएको छ भन्नुभयो । मुख्यमन्त्रीले भन्नुभयो,“क्लब, पोखरा महोत्सव र गण्डकी प्रदेश सरकारले पोखरामा चिडियाखाना निर्माण गर्ने साझा उद्देश्य छ, त्यसलाई हामी साकार पार्छाैँ ।”

प्रदेशमा ठूला उद्यान, एक हजार जना अट्ने सभागृह निर्माण गर्ने र धेरै पर्यटक भित्र्याउने उद्देश्यले विकासका कामलाई तीव्रता दिइएको मुख्यमन्त्री गुरुङले स्पष्ट पार्नुभयो । सो अवसरमा राष्ट्रिय खेलकूद परिषद्का निमित्त सदस्य सचिव राजेशकुमार गुरुङले खेलकूद, शिक्षा, स्वास्थ्य र चिडियाखाना निर्माणमा क्लबले गरेको सकारात्मक कामको सिको अन्य सङ्घसंस्थाहरुले समेत गर्नुपर्ने बताउनुभयो ।

क्लबका अध्यक्ष लालकाजी गुरुङले चिडियाखाना निर्माणका लागि क्लबका तर्फबाट हालसम्म रु ५५ लाख लगानी गरिसकिएको जानकारी दिनुभयो । कार्यक्रममा पोखरा–१२ का वडाध्यक्ष रामबहादुर कार्की, क्लबका उपाध्यक्ष राजु श्रेष्ठ र महासचिव शान्त बहादुर थापालगायतले पर्यटन प्रवद्र्धन तथा उद्यमशीलता विकासका लागि महोत्सवले सघाउने भनाइ राख्नुभएको थियो ।

महोत्सव उद्घाटनपूर्व रङ्गशाला प्रवेशद्वारदेखि महोत्सवस्थल अमरसिंहचौरसम्म बृहत् झाँकी तथा पदयात्रा आयोजना गरिएको थियो । झाँकीतर्फ राम बजार पुन समाज प्रथम, डढुवा दुर्छा लमजुङ तमु समाज द्वितीय, र ताङतिङ दूधपोखरी तमु समाज तृतीय बने । पदयात्रातर्फ पौँचोको तमु समाज प्रथम, जुरे भुमे तप्रे तमु समाज बाँझापाटन द्वितीय र मान्द्रेढुङ्गा आमा समूह पोखरा तेस्रो भए । झाँकी तथा पदयात्रातर्फ प्रथम, द्वितीय र तृतीयले क्रमशः रु १५ हजार, रु १० हजार र रु पाँच हजार पुरस्कार प्राप्त गरेका छन् । महोत्सव माघ १० गतेसम्म सञ्चालन हुनेछ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -