उपसभामुखले राजीनामा दिनुपर्छ : प्रवक्ता श्रेष्ठ

उपसभामुखले राजीनामा दिनुपर्छ : प्रवक्ता श्रेष्ठ


Narayanka Kaji Shrestha - The Times Of Nepal

२९ पुस  : सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सभामुख नेकपाको पक्षमा राख्नका लागि उपसभामुखले राजीनामा दिनुपर्ने बताउनुभएको छ ।

आज बेँसीशहरमा प्रेस सङ्गठन जिल्ला कार्यसमिति लमजुङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

Advertisement

उहाँले भन्नुभयो, “संविधानले एउटै पार्टीका सभामुख र उपसभामुख हुन नपाउने व्यवस्था गरेको छ । हाम्रो पार्टी संसद्को सबैभन्दा ठूलो पार्टी भएकाले रिक्त पदमा आफ्नो दाबी गर्नु र सभामुख पद हासिल गर्नु स्वाभाविक हो । त्यसको लागि वर्तमान उपसभामुखले राजीनामा दिएर बाटो खोलिदिनुपर्ने अवस्था छ ।”

संविधानको मर्मअनुसार उपसभामुख हाम्रो पार्टीको हुँदासम्म सभामुख हाम्रो पार्टीको हुन नसक्ने भएकाले उपसभामुखलाई राजीनामा दिन अनुरोध गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँले राजीनामा नदिँदासम्म सभामुख हाम्रो पार्टीले पाउने सम्भावनाको अन्त्य हुन्छ ।’’

फरक प्रसङ्गमा उहाँले भन्नुभयो, “नेपाल र भारतबीच अहिले पश्चिममा सीमा विवाद रहेको छ, त्यो लामो समयदेखिको विवाद नै हो । नेपालले आफ्नो राष्ट्रिय सार्वभौम भौगोलिक अखण्डताको पक्षमा अडान राख्दै आएको छ ।” उहाँले वर्तमान सरकारले पहिलोेपटक लिम्पियाधुरासहित कालापानी र लिपुलेक पनि हाम्रो भूभाग हो भनेर राज्य र सरकारका तर्फबाट आधिकारिक धारणा प्रस्तुत गरेको बताउनुभयो ।

User Avatar
रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) मा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिने पहिलो व्यक्ति हुनुहोस् ।

जवाफ दिनुहोस

Your email address will not be published.

सम्बन्धित पोस्टहरू

भिडियो

छुट्यो कि?