स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

प्राविधिक शिक्षामा मुख्यमन्त्रीको जोड

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल
सेयर गर्नुहोस

 २९ पुस : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल सरकारले ९० प्रतिशत प्राविधिक शिक्षालाई जोड दिएको बताउनुभएको छ ।

त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानी पोखरामा रहेको महेन्द्रोदय माविको ६२आँै वार्षिकोत्सवका अवसरमा विद्यालय पुनर्निर्माण गरिएको २० कोठे भवनको आज उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले अबको शिक्षा सीपमूलक हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले विद्यालयमा शिक्षकहरुले विद्यार्थीका लागि किताबका ज्ञानभन्दा गुणस्तरीय शिक्षा दिन आग्रह गर्दै शिक्षालाई प्राथमिकतामा राखेर विद्यालयका लागि आवश्यक खेलकूद मैदान बनाउन र खानेपानीको व्यवस्थापनका लागि प्रदेश सरकारले बजेट विनियोजन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सांसद खेम लोहनीले विकासका लागि शिक्षाको योगदान महत्वपूर्ण रहने धारणा व्यक्त गर्नुभएको थियो । पुनर्निर्माण गरिएकोे भवनको निर्माण मूल्य अभिवृद्धि कर(भ्याट)बाहेक रु सात करोड ३१ लाख लागतमा सम्पन्न भएको हो । विद्यालय भवनको पुनर्निर्माणका लागि जाइका र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा)ले सहयोग गरेको हो । –

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -