स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

स्थानीय तहसँग समन्वय गर्ने–मुख्यमन्त्री राई

सेयर गर्नुहोस

 २९ पुस : प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले सञ्चालन गर्ने योजनामा स्थानीय तहसँग समन्वय गरेर अघि बढ्ने बताउनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित ‘प्रदेश समन्वय परिषद्को तेस्रो बैठक’ को आज समापन अवसरमा उहाँले भन्नुभयो, “सङ्घीय सरकारको ठूला, प्रदेशको मझौला र स्थानीय तहको सानो योजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्छ ।”

मुख्यमन्त्री राईले अगामी हुने राष्ट्रिय जनगणना र नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन स्थानीय तहले अहम भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिदैं योजनाहरुको अनुगमन प्रभावकारी ढङ्गले गर्न एउटा सशक्त समिति बनाउने जानकारी दिनुभयो ।

आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले राजश्वबिना सरकार सञ्चालन गर्न नसकिने हुँदा यसको दायरा फराकिलो पार्नुपर्नेमा जोड दिदैं स्थानीय तहले कानून बनाएर कर उठाउनुपर्ने सुझाव दिनुभयो । दुई दिने सो बैठकमा प्रदेशभरिका स्थानीय तहका अध्यक्ष एवं उपाध्यक्ष, जिल्ला समन्वय समितिका संयोजक र प्रशासकीय अधिकृतको सहभागिता थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -