स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

आगलागी हुँदा रु ४८ लाखको क्षति

आगलागी - The Times Of Nepal
सेयर गर्नुहोस

 २९ पुस  : विद्युत् सर्ट भएर घरमा आगलागी हुँदा रु ४८ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित रमितेडाँडाका गोपी कटवालको दुईतले घर तथा घरमा राखिएका छ तोला सुन, रु दुई लाख नगद, अन्नपात, काठपातलगायत जल्दा रु ४८ लाखभन्दा बढीको क्षति भएको हो ।

आगलागीमा कटवालको घरमा राखिएको ५० मुरी धान, ३० मुरी मकै, २० मुरी कोदो, भाँडावर्तनलगायतका धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताउनुभयो । आज बिहान करीब ८ः०० बजेको समयमा लागेको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले नियन्त्रणमा लिएको थियो । अग्निपीडित कटवाल सामुदायिक सेवा केन्द्र दिक्तेलका प्रमुख एवं प्रहरी सहायक निरीक्षक हुनुहुन्छ । पुरानो घर नजिकै नयाँ आरसिसी ढलानसहितको घर बनाए पनि कटवाल परिवार पुरानै घरमा बस्दै आएका थिए ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -