कार दुर्घटना हुँदा भट्टराईको मृत्यु

कार दुर्घटना हुँदा भट्टराईको मृत्यु


The Times Of Nepal provides the latest news from Nepal and the world in Nepali time. - The Times Of Nepal

२९ पुस : काठमाडौँको तीनकुनेमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित सडकमा बा १० च ३०४ नं को कार अनियन्त्रित भई दुर्घटना हुँदा सुनसरीका ५४ वर्षीय निशान भट्टराईको मृत्यु भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले अनियन्त्रित भएर गम्भीर घाइते भट्टराईको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान मृत्यु भएको जानकारी दिनुभयो । दुर्घटना कसरी भयो भन्ने बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

रु दश लाख रकमसहित दुई पक्राउ प्रहरीले स्रोत नखुलेको रु नौ लाख ९९ हजार नगदसहित दुईजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले स्रोत नखुलेको रकमसहित पर्साका २१ वर्षीय कृष्ण यादव र चितवनका ३८ वर्षीय राजु पौडेललाई सोमबार साँझ पक्राउ गरेको हो । काठमाडौँबाट नुवाकोट जाँदै गरेको बा २ ज ४८०२ नं को ट्याक्सी चेकजाँचका क्रममा उक्त रकम फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

User Avatar
रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) मा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिने पहिलो व्यक्ति हुनुहोस् ।

जवाफ दिनुहोस

Your email address will not be published.

सम्बन्धित पोस्टहरू

भिडियो

छुट्यो कि?