लागुऔषध मुद्दाका अभियुक्तलाई दुई वर्ष कैद

लागुऔषध मुद्दाका अभियुक्तलाई दुई वर्ष कैद


trending news, latest news, hotnews, popular news, criminal case, corruption search, crime

 २९ पुस : तनहुँ जिल्ला अदालतले लागुऔषध मुद्दाका एक अभियुक्तलाई दुई वर्ष कैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको सोमबारको इजलासले शुक्लागण्डकी नगरपालिका–४ बस्ने कृष्ण प्रजापतिलाई दुई वर्ष कैदको फैसला गरेको हो ।

साथै उनलाई रु एक लाख जरिवाना गर्ने फैसलासमेत भएको जिल्ला अदालतका श्रेस्तेदार सुदर्शन खनालले जानकारी दिनुभयो । सोही मुद्दामा पक्राउ परेका शुक्लागण्डकी नगरपालिका–४ बस्ने धतुरे भन्ने आशिष श्रेष्ठ, सोही नगरपालिका–३ बस्ने प्रेम भन्ने सुरज थापा, वडा ४ बस्ने टाटे भन्ने प्रकाश परियार,वडा–३ बस्ने हरि माककाले भन्ने मार्क श्रेष्ठ र रुपन्देही सम्मरीमाई गाउँपालिका–७ बस्ने अजयकुमार यादवलाई रु दुई हजार जरीवानाको फैसला गरेको उहाँले बताउनुभयो ।

Advertisement

साथै शुक्लागण्डकी नगरपालिका–३ बस्ने मेन्टल भाइ भन्ने विकास मगरले भने अदालतबाट सफाइ पाएका छन् । निजहरुविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँले गत वैशाख ३० गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।

User Avatar
रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) मा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिने पहिलो व्यक्ति हुनुहोस् ।

जवाफ दिनुहोस

Your email address will not be published.

सम्बन्धित पोस्टहरू

भिडियो

छुट्यो कि?