स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

भ्रष्टाचार नियन्त्रणले जनतामा सुशासनको अनुभूति हुन्छ’

सेयर गर्नुहोस

 २८ पुस : प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।

आयोगले आर्थिक वर्ष २०७५÷७६ को २९औँ वार्षिक प्रतिवेदन हस्तान्तरण गर्न आज यहाँ आयोजित कार्यक्रममा उहाँले असहज परिस्थितिमा सहजतापूर्वक मुलुकका प्रत्येक क्षेत्रका हुने भ्रष्टाचारको अन्त्य गर्ने कार्य आयोगले गरिरहको र यसमा अझ सफलता प्राप्त गर्न शुभकामना व्यक्त गर्नुभयो ।

उहाँले भ्रष्टाचार नियन्त्रणबाट जनतालाई सुशासनको अनुभूति हुनसक्ने भएकाले यसतर्फ अख्तियार विशेष क्रियाशील रहनुपर्नेमा जोड दिनुभयो । प्रदेश प्रमुख अधिकारीले शुसासन कायम गर्ने उद्देश्यले कार्यरत यो संस्थाले डर, धम्कीको कुनै परवाह नगरी आफ्नो लक्षित कार्यमा उत्साहका साथ कारवाहीलाई आगाडि बढाउनुपर्ने बताउनुभयो ।

आयोगका सहसचिव रविलाल पन्थले प्रतिवेदन हस्तान्तरण गर्दै आयोगलाई प्रविधमैत्री बनाउनका साथै स्थानीय तह, विश्वविद्यालय, ठेक्कालगायतका क्षेत्रमा आयोगले भ्रष्टाचार न्यूनिकरण गर्ने कार्य गरेको जानकारी दिनुभयो । प्रतिवेदन हस्तान्तरण कार्यक्रममा प्रदेश प्रमुख कार्यालयका सचिव गोपी घिमिरे, आयोगका इटहरी कार्यालयका निमित्त प्रमख ज्ञानेन्द्र प्रसादको उपस्थिति रहेको थियो । आयोगको इटहरी कार्यालयले आर्थिक वर्ष २०७५÷७६ मा दुई हजार १२९ मुद्दा दर्ता भएकामा ९२१ मुद्दा फछर्यौट भएका प्रतिवेदनमा उल्लेख गरेको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -