स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

हरेक कामका लागि सङ्घीय सरकारको मुख ताक्नुपर्दैन

सेयर गर्नुहोस

 २८ पुस : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले हरेक कामका लागि सङ्घीय सरकारको मुख ताक्नुपर्ने अवस्था अन्त्य भएको बताउनुभएको छ ।

आज मकवानपुरको मनहरीलाई ‘बालमैत्री गाउँपालिका’ घोषणा गर्दै उहाँले भन्नुभयो, “हिजो केन्द्रमा एउटा सरकार हुन्थ्यो, सबै कामका लागि त्यही सरकारको मुख ताक्नुपथ्र्यो, अब त्यस्तो छैन, मुलुकमा तीन तहका सरकार छन्, ती सरकारले संविधानले उपलब्ध गराएको अधिकारका आधारमा सेवा प्रवाह गर्न सक्छन् ।”

उपप्रधानमन्त्री पोखरेलले मनहरी गाउँपालिकाको यो ऐतिहासिक कदमबाट देशका अन्य स्थानीय तहले पनि पाठ सिक्नु आवश्यक रहेको उल्लेख गर्दै बालमैत्री स्थानीय तह घोषणा हुनु भनेको स्थानीय शासनको प्रवद्र्धन गर्नु, बालबालिकाका लागि आवश्यक सेवाको सुनिश्चतता गर्नु र सेवाको गुणस्तर वृद्धि गर्नु हो भन्नुभयो ।

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले समाजलाई सुधार गर्न हरेक नागरिकको दायित्व रहेको बताउनुभयो । यो प्रदेशलाई विसं २०७८ भित्र बालविवाह मुक्त प्रदेश र विसं २०८० भित्र बालमैत्री प्रदेश बनाउने प्रदेश सरकारको लक्ष्य रहेको जानकारी उहाँले दिनुभयो ।

मुख्यमन्त्री पौडेलले सडक, पुल जस्ता भौतिक विकासलाई मात्र विकास भनिने पुरानो सोचमा परिवर्तन ल्याउनुपर्ने भन्दै समाजका बालबालिका र ज्येष्ठ नागरिकका लागि पनि रचनात्मक कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बालमैत्री गाउँपालिका घोषणाका लागि आवश्यक पर्ने ३९ वटा सूचक पूरा गरी जिल्ला समन्वय समितिबाट अनुगमन गराएर प्रमाणित गराएर घोषणा गरिएको बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -