स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

‘उपयुक्त पात्रलाई आवश्यकताका आधारमा काम दिइने’

प्रवक्ता नारायणकाजी श्रेष्ठ - The Times Of Nepal - TON
सेयर गर्नुहोस

२७ पुस : आगामी माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का उम्मेदवार नारायणकाजी श्रेष्ठले चुनावी भेटघाट शुरु गर्नुभएको छ ।

गण्डकी प्रदेशमा ‘अन्य समूह’बाट उम्मेदवार बन्नुभएका पार्टीका सचिवालय सदस्य श्रेष्ठ र महिलातर्फका उम्मेदवार भगवती न्यौपानेले आज पोखरामा मतदातासँग भेटघाट गर्नुभयो ।

उम्मेदवारद्वयले पार्टीबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख तथा उपप्रमुसँग निर्वाचनमा केन्द्रित भएर छलफल गर्नुभएको थियो । त्यस अवसरमा उम्मेदवार श्रेष्ठले पार्टीले राष्ट्रियसभामा आफ्नो आवश्यकता देखेर नै उम्मेदवार बनाउने निर्णय गरेकाले आफू राष्ट्रियसभामा जान तयार भएको बताउनुभयो ।

आगामी दिनमा समेत पार्टी र देशको हितका लागि उपयुक्त पात्रलाई आवश्यकताका आधारमा काम दिइने जानकारी दिँदै उहाँले पार्टीले दिएको जिम्मेवारी पूरा गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

उम्मेदवार न्यौपानेले पार्टीले आफूलाई विश्वास गरेर उम्मेदवार बनाएकाले पार्टीको भरोसा र प्राप्त जिम्मेवारीलाई पूरा गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । राष्ट्रियसभा निर्वाचनका लागि प्रदेशसभा सदस्यका ४८ र स्थानीय तहका प्रमुख÷उपप्रमुखको १८ मतभार छ । निर्वाचनमा गण्डकी प्रदेशसभामा कूल दुई हजार ८८० र स्थानीय तहमा तीन हजार ६० गरी पाँच हजार ९४० मतभार छ । सोमध्ये सत्तारुढ नेकपाको प्रदेशसभामा एक हजार ९२० र स्थानीय तहमा एक हजार ५१२ मतभार छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -