प्रदेश २ समन्वय परिषद्को बैठकले छोरी शिक्षा र शिक्षा बीमा कार्यक्रमको कार्यान्वयनमा जोड

प्रदेश २ समन्वय परिषद्को बैठकले छोरी शिक्षा र शिक्षा बीमा कार्यक्रमको कार्यान्वयनमा जोड


 २७ पुस : प्रदेश २ प्रदेश समन्वय परिषद्को बैठकले छोरी शिक्षा र छोरी शिक्षा बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ । बालविवाह, महिला हिंसा र दाइजोप्रथाको पूर्ण उन्मूलन गर्ने प्रतिबद्धतासहित प्रदेश २ परिषद्को बर्दिबासमा आज सम्पन्न दुईदिने परिषद् बैठकमा प्रस्तुत यस्तो प्रतिबद्धतापत्रमा सङ्घीय अर्थमन्त्री डा युवराज खतिवडा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरे र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलसहितका उच्च अधिकारी र बैठकका सहभागीले हस्ताक्षर गर्दै ऐक्यबद्धता जनाउनुभएको छ ।

प्रदेश नं २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतको अध्यक्षतामा सम्पन्न बैठकले मुलुकको समृद्धि अभियानमा प्रदेश नं २ ले मुख्य रुपमा कृषि उत्पादन बढाएर योगदान दिने प्रतिबद्धता जनाएको छ । “सङ्घीय सरकारबाट प्रदेश नं २ लक्षित राष्ट्रिय महत्वका आयोजनाहरुको कार्यान्वयन गरिने प्रतिबद्धता आएको छ”, मुख्यमन्त्री राउतले बैठक समापनमा आज भन्नुभयो, “प्रदेश सरकार र यहाँका १३६ वटै स्थानीय तहले कृषिक्षेत्रलाई प्राथमिकतामा राखेर काम अघि बढाएपछि खास उपलब्धि हासिल हुन्छ ।”

Advertisement

बैठकको शुरुको िदन शनिबार अर्थमन्त्री डा खतिवडाले सुनकोशी मरिन ड्राइभर्सनबारे जनाउनुभएको प्रतिबद्धता सम्झँदै राउतले सो आयोजनाको सफल समापनले मधेशमा कृषि क्रान्ति नै ल्याउने धारणा राख्नुभयो । दलित, जनजाति र सिमान्तकृत समुदायको सामाजिक पछौटेपन हटाउनु प्रदेशको मुख्य चुनौती रहेको बैठकले औंल्याएको छ । शिक्षाको प्रसार र सामाजिक सचेतना अभियानले नै यो अवस्था अन्त्य हुने बैठकले ठहर गरेको छ ।

प्रदेश सरकारका मन्त्री, सचिव, महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका प्रमुखउपप्रमुख र गाउँपालिकाका अध्यक्षउपाध्यक्षको सहभागिता रहेको बैठकले आर्थिक पारदर्शिता र जवाफदेहिता व्यवहारमा उतार्न सके मात्र जनताले सुशासनको अनुभूति गर्न सक्ने ठहर गरेको प्रदेश सरकारका मुख्य सचिव रामकृष्ण सुवेदीले बताउनुभयो ।्

User Avatar
रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) मा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिने पहिलो व्यक्ति हुनुहोस् ।

जवाफ दिनुहोस

Your email address will not be published.

सम्बन्धित पोस्टहरू

भिडियो

छुट्यो कि?