कुटपिटका कारण एक युवकको गए राति निधन

कुटपिटका कारण एक युवकको गए राति निधन


कुटाइ - The Times Of Nepal

२७ पुस : कुटपिटका कारण उत्तरी रसुवास्थित गोल्जुङ गाउँ निवासी एक युवकको गए राति निधन भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज गिरीका अनुसार मृत्यु हुनेमा रसुवा, आमाछोदिङ्मो गाउँपालिका वडा नं ४ गोल्जुङ निवासी ४६ वर्षीय सार्की गुरूङ छन् ।

सोही स्थानका ४१ वर्षीय मिङ्गार सिंगी तामाङको मुक्का प्रहारबाट शनिबार राति गुरूङको निधन भएको प्रहरीले जनाएको छ । शनिबार साँझ ८.३० बजे गोल्जुङ इलाका क्षेत्रमा दुई पक्षबीच सामान्य विवाद हुँदा तामाङले गुरूङलाई एक्कासि मुक्का प्रहार गर्दा ढुङ्गामा पछारिई टाउकामा गम्भीर चोट लागेर उनको निधन भएको बुझिन आए पनि घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गिरीले जानकारी दिनुभयो ।

Advertisement

यसैबीच रसुवागढी नाकाबाट लुकाइछिपाई केरूङतर्फ लान लागिएको अमेरिकी डलर सात हजारसहित रसुवा गोल्जुङका एक युवक शनिबार यहाँ पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोल्जुङ निवासी २२ वर्षीय कान्छाकुमार घले रहेको सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेम नेपालले जानकारी दिनुभयो । अभियुक्त घलेमाथि कानूनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

User Avatar
रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) मा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिने पहिलो व्यक्ति हुनुहोस् ।

जवाफ दिनुहोस

Your email address will not be published.

सम्बन्धित पोस्टहरू

भिडियो

छुट्यो कि?