स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

जलवायु परिवर्तनका कारण जलविद्युत् क्षेत्रमा चुनौती : मन्त्री पुन

सेयर गर्नुहोस

२६ पुस : अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा सङ्घ (आइरेना) को १० औँ वार्षिक सम्मेलन आजदेखि संयुक्त अरब इमेरेट्स (युएई) को अबुधावीमा शुरु भएको छ । विश्वका ११० भन्दा बढी मुलुकका ऊर्जामन्त्री सहभागी सो सम्मेलनमा नेपालबाट ऊर्जा, जलस्रोत तथा सिचाइँमन्त्री वर्षमान पुन नेतृत्वको पाँच सदस्यीय प्रतिनिधिमण्डलको सहभागिता रहेको छ ।

सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तनको असरका कारण जलविद्युत् क्षेत्रमा नयाँ चुनौती खडा भएको बताउनुभयो । उहाँले दीर्घकालीन सोच र योजनासहित उक्त परिस्थितिको सामनाका लागि विश्व समुदायको ध्यानकर्षण गराउनुभयो ।

आर्थिक र प्राविधिक हिसाबले नेपालमा तत्कालै ४२ हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिने सम्भावना रहेको बताउँदै उहाँले हाल एक हजार ३२६ मेगावाट राष्ट्रिय ग्रीडमा रहेको र दुई हजार ५०० मेगावाट क्षमताका विद्युत् आयोजना र ६०० मेगावाटको सौर्य ऊर्जा निर्माण क्रममा रहेको जानकारी दिनुभयो ।

नेपालको कुल ८८ प्रतिशत जनतामा विद्युत्को पहुँच पुगेको जानकारी दिँदै मन्त्री पुनले त्यसमध्ये करिब १० प्रतिशत योगदान नवीकरणीय ऊर्जा (लुघजलविद्युत् आयोजना, सोलार) बाट भएको उल्लेख गर्नुभयो ।

उहाँले नवीकरणीय ऊर्जाका क्षेत्रमा आइरेनाको अर्थपूर्ण सहयोगको अपेक्षा गर्दै थप लगानी, सुलभ र पहुँचयोग्य प्रविधिमा विशेष ध्यान दिन आग्रह गर्नुभएको ऊर्जामन्त्रीको प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिनुभयो । प्रभावकारी र नतिजा उन्मुख योजना निर्माण तथा बजेट तय गर्न सम्मेलन सक्षम हुने विश्वास व्यक्त गर्दै उहाँले सम्मेलन पूर्ण सफलताको कामना गर्नुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -