स्वागतम्,
Thursday 18th April 2024   |   Switch to English
Times of Nepal

राष्ट्रिय महिला भलिबल न्यू डाइएमण्डद्वारा पुलिस पराजित

सेयर गर्नुहोस

 २५ पुस : न्यू डायमण्ड स्पोर्टस् क्लबको आयोजनामा भएको न्यू डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगितामा आयोजक न्यू डायमण्डले नेपाल पुलिस क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा न्यू डायमण्डले पुलिसलाई ३–२ को सेटमा पराजित गर्दै समूह बी को विजेताका रुपमा सेमिफाइनलमा पुगेको हो । न्यू डायमण्डले पुलिसमाथि २५–१९, २५–२३, १७–२५, १६–२५ र १५–६ को जित निकाल्यो ।

समूह चरणको अन्तिम खेलमा पराजित बनेको पुलिस पनि समूह उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको छ ।

प्रतियोगिताको विजेता टोलीले रु चार लाख १०१ तथा उपविजेताले रु तीन लाख १०१ प्राप्त गर्नेछ । त्यसैगरी तेस्रो स्थान हासिल गर्ने टोलीले रु एक लाख ५१ हजार १०१ तथा चौथोले रु ५१ हजार १०१ पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले रु २१ हजार १०० पाउनेछन् भने व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही रु सात हजार १०१ प्राप्त गर्नेछन् ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -