स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

धार्मिक पर्यटन समृद्धिको आधार : मन्त्री लम्साल

सेयर गर्नुहोस

२३ पुस : गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले धार्मिक पर्यटन विकासको प्रमुख आधार रहेको बताउनुभएको छ ।

तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकस्थित अकलादेवी मन्दिरमा तामाको छानो छाउने कामको शुभारम्भ गर्न आज आयोजित कार्यक्रममा मन्त्री लम्सालले मठमन्दिर संरक्षणका लागि प्रदेश सरकारले पहल थालेको बताउनुभयो ।

सरकारले धार्मिक पर्यटनलाई प्राथमिकतामा राखेको चर्चा गर्नुहुँदै मन्त्री लम्सालले धार्मिक पर्यटकीय सम्भावना बोकेका ठाउँमा सरकारले सहयोग गर्दै आइरहेको बताउनुभयो ।

प्रदेशसभा सदस्य आशा कोइरालाले अकला मन्दिरलाई प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । प्रदेशसभा सदस्य डोबाटे विकले मन्दिरको विकासका लागि सरकारकोतर्फबाट थप बजेट विनियोजन गर्न मन्त्री लम्साललाई ध्यानाकर्षण गराउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले अकलादेवी मन्दिर धार्मिक पर्यटनको केन्द्रबिन्दु बन्नसक्ने भएकाले यसको विकासका लागि सरोकारवालाले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

पुरानो ऐतिहासिक एवं धार्मिकस्थल अकलादेवी मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा पुगेकाले मन्दिरमा तामाको छानो छाउन शुरु गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मिनबहादुर बराई मगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार १० दिनभित्र मन्दिरमा छाना छाउने काम सकिनेछ । समितिको आन्तरिक कोषबाट रु ७१ लाखको लागतमा गत जेठ १८ गतेदेखि शुरु भएको पुनःनिर्माणको काम माघ महीनाभित्र सम्पन्न हुने निर्माण समितिका संयोजक रामभक्त घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार अकलादेवी मन्दिरलाई पशुपतिनाथको मन्दिरको शैलीमा पुनःनिर्माण गरिएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -