स्वागतम्,
Tuesday 23rd April 2024   |   Switch to English
Times of Nepal

‘भ्रमण वर्ष सफल तुल्याउन आन्तरिक महोत्सवको सहयोग’

visit nepal 2020 - The Times Of Nepal
सेयर गर्नुहोस

२२ पुस : शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सरकारले अघि बढाएको नेपाल पर्यटन वर्ष २०२० लाई सफल बनाउन आन्तरिक महोत्सवले सहयोग पु¥याउने बताउनुभएको छ ।

सप्ताहव्यापी स्वयम्भू महोत्सवको समापनमा मन्त्री मानन्धरले पर्यटन वर्षलाई सफल तुल्याउन आन्तरिक पर्यटकीय सम्भावना बोकोका स्थानलाई पहिचान गरी प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले विश्व सम्पदा सूचीमा सूचीकृत स्थानको पहिचानलाई विश्वभर फैलाउन कामपा क्रियाशील रहेको बताउँदै पर्यटकीयस्थानको प्रवद्र्धनमा सबै लाग्नुपर्ने बताउनुभयो ।

महोत्सवले बडाबासीबीच आपसी सद्भाव बढाएको उल्लेख गर्दै महानगरका प्रवक्ता एवं वडाध्यक्ष ईश्वरमान डङ्गालले भन्नुभयो, “विश्व सम्पदा क्षेत्र स्वयम्भूको ऐतिहासिकता, मौलिकता, धार्मिक सहिष्णुता र स्थानीय जातीय विधिधताको प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव शुरु गरेका थियौं, लक्ष्य प्राप्त ग¥यौं । ” महोत्सव गत १६ गते शुरु भएको थियो ।

‘स्वयम्भू जाउ, नेपाल पर्यटन वर्ष मनाऔं’ नारासहित आयोजना गरिएको कार्यक्रम वडा १५ र महानगरीय प्रहरी वृत्तको संयुक्त आयोजनामा सञ्चालन भएको हो । यसमा नेपाल प्रहरीसहित ट्राफिक प्रहरी, पर्यटक प्रहरी, सामुदायिक प्रहरीसेवा केन्द्र, स्थानीय सामुदायिक सङ्घ संस्था, होटल व्यवसायी र सरोकारवालाको सहभागिता थियो ।

नेपाल पर्यटन वर्षका कार्यक्रममा र काठमाडौँलाई सांस्कृतिक शहरका रुपमा परिचित गराउन सहयोग पुग्ने अपेक्षा गरिएको सप्ताहव्यापी कार्यक्रममा ४७ घरेलु तथा हस्तकलाका सामग्री र खानेकुराका स्टल राखिएका थिए । त्यस्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसँगै राष्ट्रिय र स्थानीय कलाकारको सांस्कृतिक प्रस्तुति रहेको थियो । महोत्सव समापन हुनुअघि वसन्तपुर विश्वदेखि स्वयम्भूसम्म दुईवटा विश्व सम्पदा क्षेत्र जोड्ने सम्पदा मार्गमा पैदलयात्रा गरिएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -