चिनियाँ वृद्धलाई स्वास्थ्य सेवा थप सुलभ बनाउनुपर्ने

चिनियाँ वृद्धलाई स्वास्थ्य सेवा थप सुलभ बनाउनुपर्ने


२१ पुस : चीनमा ६० प्रतिशतभन्दा बढी वृद्धका लागि उनीहरूको घरबाट औसतमा दुई किलोमिटरको दूरीमा स्वास्थ्य सेवा उपलब्ध भएको चिनियाँ बृद्ध नागरिकबारे अनुसन्धान गरिरहेको एक स्वदेशी संस्थाले हालै सार्वजनिक एक प्रतिवेदनमा बताइएको छ ।

यसलाई थप सुलभ बनाउनु पर्ने वृद्धहरूले बताएका अध्ययन प्रतिवेदनमा उल्लेख छ । राज्यद्वारा उपलब्ध सेवालाई आफ्नो अनुकुल पर्ने नजिकको स्वास्थ्य केन्द्रमा जाने गरेका उनीहरूमध्ये करिब ४० प्रतिशत वृद्ध चिनियाँले स्वास्थ्य सेवालाई आफ्नै घर वा निवासमा उपलब्ध गराउन इच्छा व्यक्त गरे ।

Advertisement

अध्ययन प्रतिवेदनका अनुसार चिनियाँ वृद्धहरूले आफूहरूलाई लागेका दीर्घ रोगका बारेमा नर्सिङ सेवा, मनोवैज्ञानिक परामर्श, स्वास्थ्य शिक्षा सेवाहरू र अन्य हेरचाहका लागि राज्यले आफूहरूलाई घरमा नै पुगेर सेवा प्रदान गरोस भन्ने चाहन्छन् । सरकारले वृद्धहरूका परिवारमा आधारित वृद्ध सेवा र स्वास्थ्य स्वयम्सेवकको सेवालाई सुधारका गर्नुपर्नेमा जोड दिएका अध्ययनका क्रममा आफूले पाएको केन्द्रका उप निर्देशक दाङ जुनुले बताउनुभयो ।

User Avatar
रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) मा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिने पहिलो व्यक्ति हुनुहोस् ।

जवाफ दिनुहोस

Your email address will not be published.

सम्बन्धित पोस्टहरू

भिडियो

छुट्यो कि?