स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

रणनीतिक सुधार कार्ययोजना तयार

सेयर गर्नुहोस

२१ पुस : प्रदेश नं. २ मा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटन पूर्वाधार निर्माण, वन तथा वातावरण सम्बन्धी योजनाको प्रभावकारी कार्यान्वयनका लागि रणनीतिक सुधारको कार्ययोजना निर्माण गरेको छ ।

योजनाहरू मन्त्रालयमा राख्ने प्रवृतिको अन्त्य गर्न प्रादेशिक आवश्यकतालाई दृष्टिगत गरी सुधारको कार्ययोजना तयार गरिएको बताइएको छ ।

मन्त्रालयका सचिव डा पेमनारायण कँडेलका अनुसार तत्कालिन र दीर्घकालिन कार्ययोजना तयार गरी पहिलो चरणमा विकासका लागि विनियोजन गरिएको तर मन्त्रालयमा राखिएको रकमलाई प्रादेशिक उपादेयतालाई ध्यानमा राखी विकास आयोजनामा परिचालन गरिने कार्यको थालनी गरिएको छ ।

सो अन्तर्गत विगतमा मन्त्रालयमा राखिएको रू. ५७ करोड रकम पर्यटन पूर्वाधार विकास निर्माणको कार्य गर्न गैर सरकारी संस्थासँग आवेदन लिइएकोमा यही पुस भित्रै सो कार्यको टुङ्गो लगाउने गरी गृहकार्य भइरहेको जनाइएको छ ।

सोही रकमको विनियोजन र कार्य सम्पादन सन्दर्भमा विगतमा गैरसरकारी संस्था छनौट प्रसङ्गमा विवाद उत्पन्न भई योजना मन्त्रालयमा नै राखिएको थियो ।

सुशासन कायम गर्न योजना छनौटमा पारदर्शिता, खर्च कटौती र प्रादेशिक आवश्यकताका आधारमा माापदण्ड तयारी योजना कार्यान्वयन गर्ने कार्ययोजना तयार गरिएको छ । रणनीतिक सुधार अन्तर्गत प्रशासनिक पद्धतिको निर्माण गर्न नीति, कानुन, विधि र सङ्गठन सुधारका लागि उच्च स्तरीय कार्य दल गठन गरिएको बताइएको छ । सो कार्य दलले प्रशासनिक सुधारका लागि वन, उद्योग, वातावरण सम्बन्धी प्रादेशिक नीति निर्माण गर्ने छलफल प्रारम्भ गरेको छ ।

त्यस्तै प्रदेशमा वनको संरक्षण र विकास गर्ने उद्धेश्यले विश्व बैंकको सहयोगमा वन तथा वातावरण मन्त्रालयको समन्वय र सहकार्यमा प्रदेशमा समृद्धिका लागि वन परियोजना छिटै कार्यान्यन हुने गृहकार्य भइरहेको छ । सचिव कँडेलका अनुसार पर्यावरणीय दृष्टिले चुरेको संरक्षणका लागि हरित जलाधारका परियोजनासमेत प्रदेशमा कार्यान्वयन गरिने तयारी भइरहेको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -