स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बालबालिका र मानसिक उपचार सेवा शुरु

सेयर गर्नुहोस

२१ पुस : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा बालबालिका र मानसिक रोगको उपचार सेवा शुरुआत भएको छ । ती सेवाका लागि विशेषज्ञ चिकित्सक प्रतिष्ठानमा आउनुभएपछि सेवा शुरु गरिएको शाखा अधिकृत झंकार लामिछानेले जानकारी दिनुभयो ।

बरिष्ठ बालरोग विशेषज्ञ डा नेत्रप्रसाद वञ्जाडेले यहाँ सेवादिन थाल्नुभएको छ । प्रतिष्ठानले कन्सल्टेन्ट फिजिसियन र बालरोग विशेषज्ञ थप्ने तयारी गरेको छ ।

अधिकृत लामिछानेले अहिले पाँच जना विशेषज्ञ चिकित्सक थप गरेको जानकारी दिनुभयो । मानसिक रोग उपचार सेवासमेत प्रतिष्ठानले शुरु गरेको छ । सघन उपचार कक्ष र थप विशेषज्ञ सेवा थप्ने गरी प्रक्रिया अघि बढाएको रजिष्ट्रार रामप्रसाद प्याकुरेलले बताउनुभयो ।

विगतको तुलनामा यहाँ बिरामीको सङ्ख्या बढेको छ । प्रतिष्ठानले पछिल्लो समय दाँत उपचार सेवाका लागि आधुनिक प्रयोगशालासमेत सञ्चालनमा ल्याएको थियो । अब जटिल प्रकारको शल्यक्रिया गर्न समेत जिल्ला बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको छ । प्याथोलोजि सेवा, दिसापिसाब र रगत परीक्षण पनि प्रतिष्ठानमै परीक्षण हुने गरेका र प्रसूति सेवामा थप एक जना विशेषज्ञ थप भएको उहाँले जानकारी दिनुभयो । प्रतिष्ठानमा रु दुई करोड बजेटसमेत विनियोजन भएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -