स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

निःशुल्क आँखा जाँच शिविरमा २९७ लाभान्वित

सेयर गर्नुहोस

 १९ पुस : माछापुच्छ«े गाउँपालिका–२ सार्दिखोलामा आज आयोजना गरिएको निःशुल्क आँखा जाँच शिविरबाट २९७ जना सर्वसाधारण लाभान्वित भएका छन् ।

रमाकान्त÷निर्मला फाण्डेशनको आयोजना तथा हिमालय आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा सार्दिखोला, चौर, खाँदरजुङ, घलेखर्क, च्याङलुङ, नेप्राङ तथा छिमेकी वडाका स्थानीय बासिन्दाले लाभ लिएका थिए ।

शिविरमा सहभागीको हिमालय आँखा अस्पतालका प्राविधिक स्वास्थ्यकर्मीहरुले आँखाको परीक्षण गरी सबैलाई औषधि तथा ५५ जनालाई चस्मा वितरण गरेका थिए । परीक्षणमा आएकाहरु मध्य सात जनामा मोती विन्दु देखिएकाले शल्यक्रियाका लागि आँखा अस्पताल रेफर गरिएको छ ।

शिविरमा सहभागीलाई आँखा अस्पतालमा समेत शल्यक्रियाका लागि कुनै शुल्क नलाग्ने बताइन्छ । आँखा अस्पतालका प्रबन्ध निर्देशक डा इन्द्रमान महर्जनले मानव जीवनका लागि आँखा सबैभन्दा संवेदनशील अङ्ग भएकाले यसको बढी ख्याल गर्नुपर्नेमा जोड दिनुभयो ।

आँखाका बिरामीलाई सहज र पायकपर्ने स्थानमै सेवा प्रदान गर्नका लागि अस्पतालले वर्षमा १०० भन्दा बढी स्थानमा सहकार्यमा शिविर राख्ने गरेको उहाँले जानकारी दिनुभयो ।

सोही वडाका वडाध्यक्ष विक्रम गुरुङले आँखामा कुनै पनि समस्या आउन साथ स्वास्थ्य संस्थामा जचाउनुपर्दछ र हेलचक्राइ गर्नुहुँदैन भन्ने सन्देश वडाको तर्फबाट प्रवाह गरिएको बताउँदै नागरिकको स्वास्थ्यप्रति समग्र गाउँपालिका सचेत रहेको बताउनुभयो ।

फाण्डेशनका संरक्षक रमाकान्त बरालले आफ्नो परिवारको आम्दानीको केही रकम सामाजिक कार्यमा लगाउने उद्देश्यले संस्था स्थापना गरेको चर्चा गर्दै स्वास्थ्य, शिक्षा र वातावरणको क्षेत्रमा वर्षेनी विभिन्न कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -