स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

मुख्यमन्त्रीले अभिभावकत्व लिएका विद्यार्थीलाई आवश्यक सामग्री प्रदान

सेयर गर्नुहोस

१९ पुस : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अभिभावकत्व लिनुभएका विद्यार्थीलाई आवश्यक सामग्री हस्तान्तरण गरिएको छ ।

गएको वर्ष मुख्यमन्त्री राईले अल्पसङ्ख्यक समुदायका तीन विद्यार्थीको अभिभावकत्व ग्रहण गर्नुभएको थियो । मोरङको रतुवामाई नगरपालिका–५ र ६ नं वडाका रोजिना खातुन, सुर्दशन मुर्मु र विनोद मुर्मुको आज घरमा पुगेर आवश्यक सामग्री प्रदान गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिनुभयो ।

मोरङको रतुवामाईस्थित सरस्वती माविमा अध्ययनरत यी बालबालिकालाई आवश्यक पर्ने शैक्षिक र खाद्यान्न सामग्री तथा जाडोको लत्ताकपडा प्रदान गरिएको उहाँले बताउनुभयो ।

रतुवामाई नगरपालिका–६ का वडाध्यक्ष तुलाराम लुँइटेल, समाजसेवी, भरतमणि कार्की, शिक्षक भीम लुइँटेल, शिक्षिका भीमकला बस्नेत र विद्यार्थी नेता भाष्कर खनालको उपस्थितिमा मुख्मन्त्रीको तर्फबाट प्रेस सल्लाकहकार ध्रुव सुवेदीले आवश्यक सामग्री प्रदान गर्नुभएको हो ।

विद्यार्थी भर्ना अभियानको क्रममा विसं २०७५ वैशाख ९ गते यी बालबालिकाको मुख्यमन्त्री राईले अभिभावकत्व ग्रहण गर्नुभएको थियो । उनीहरु बाल कक्षामा अध्ययनरत छन् । अत्यन्तै गरीब परिवारका यी बालबालिकाको पठनपाठन र रेखदेखको जिम्मेवारी मुख्यमन्त्री राईले लिनुभएको हो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -