स्वागतम्,
Thursday 18th April 2024   |   Switch to English
Times of Nepal

अधिकारको प्रभावकारी कार्यान्वयन गर्न सङ्घीयता : मुख्यमन्त्री शाही

तेस्रो वार्षिकोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री शाही
सेयर गर्नुहोस

 १८ पुस : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनताको अधिकारको प्रभावकारी कार्यान्वयन गर्न सङ्घीयता आएको बताउनुभएको छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आज गुडलिङ्क मिडिया प्रालिको तेस्रो वार्षिकोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले हिजोको केन्द्रीकृत शासन व्यवस्थाबाट जनचाहाना पूरा नहुँदा मुलुक अहिलेको सङ्घीय व्यवस्थामा आइपुगेको बताउनुभयो ।

“हामी सबैको चाहना भनेको तीव्र विकास हो, सुशासन हो”, उहाँले भन्नुभयो, “तर हामीमा जताततै थुप्रै समस्या छन् । मूलत ः तिनै समस्याको गर्भबाट समाधान खोजेर सही काम स्थापित गर्दै अघि बढिन्छ ।

यद्यपि सञ्चार जगत्ले सत्य, निष्पक्ष र विश्वसनीय समाचार सम्प्रेषण गरेर समाज रुपान्तरमा टेवा पु¥याउनुपर्नेमा उहाँको जोड थियो । एक जना मुख्यमन्त्री मात्रैले चाहेर केही नहुने भन्दै उहाँले भूगोल, सामाजिक, सांस्कृतिक रुपले पछि परेको प्रदेशमाथि उठाउन कर्णालीको बौद्धिक जनशक्तिलाई पुन कर्णाली फर्कन अपिल गर्नुभयो ।

कार्यक्रममा नेकपा कर्णाली प्रदेश सचिव मायाप्रसाद शर्मा आचार्यले पत्रकारलाई सरकारको असल पहरेदारका रुपमा काम गर्न आग्रह गर्नुुभयो । पत्रकारलाई समाज रुपान्तरणमा निष्ठावान भएर लाग्न सुझाउँदै सचिव आचार्यले जनप्रतिनिधिको गलत गतिविधि विरुद्ध सत्यतथ्य समाचार ल्याउनुपर्नेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासङ्घका पूर्वसचिव तथा पत्रकार प्रभात चलाउनेले सरकारको आलोचना विकाउनका लागि नभई सुझाव प्रदान गर्न व्यक्त गरिने टिप्पणी भएको जनाउनुभयो । आजको समाज भत्किने दिशातिर उन्मुख रहेकोप्रति चिन्ता गर्दै पत्रकार चलाउनेले भन्नुभयो, “हामीसँग स्पष्ट दृष्टि र सोच छैन । युवा पिढी अर्काको सपनामा दौडिरहेका छन् । यिनै कुरामा गम्भीर भएर तीनै तहका सरकारले स्पष्ट नीति, कार्यक्रम तथा योजना बनाएर त्यसको प्रभावकारी कार्यान्वयनमा जानुपर्दछ ।”

कार्यक्रममा प्रालिका अध्यक्ष तथा पत्रकार भौतिक मल्लले कर्णालीको कोशेलीका रुपमा कुशे न्यूज डटकमको जन्म भएको बताउँदै यसले श्रव्य, दृश्य र लेखनका सामग्रीबाट यहाँको विकटतालाई निकटतामा रुपान्तरण गर्ने जिकिर गर्नुभयो । वार्षिकोत्सवमा कर्णाली प्रदेशसभाका सदस्यत्रय गणेशप्रसाद सिंह, ठम्मर विष्ट र कृष्ण शाह (आचार्य), वरिष्ठ पत्रकार सङ्केत कोइरालासहित अधिकारर्मी, नागरिक अगुवा, युवा तथा पत्रकार सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -