स्वागतम्,
Wednesday 24th April 2024   |   Switch to English
Times of Nepal

औद्योगिक विधेयक प्रमाणीकरण

सेयर गर्नुहोस

 १८ पुस : प्रदेश नं ३ का प्रमुख विष्णुप्रसाद प्रसार्इंले प्रदेशसभाबाट पारित भई आएको प्रदेशभित्र औद्योगिक व्यवसायको स्थापना र सञ्चालन गर्न बनेको विधेयक २०७६ लाई आज प्रमाणीकरण गर्नुभएकोे छ ।

प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेश तामाङले नेपालको संविधान धारा २०१ को उपधारा २ अनुसार सो विधेयक प्रमाणीकरण गर्नुभएको जानकारी दिनुभएको हो ।

तत्कालीन प्रदेशसभा चौथो अधिवेशनको अवधिमा ४५ विधेयक पारित भएको र सो विधेयकमध्ये आजको एउटासमेत गरी ४५ वटै विधयेकमा प्रमाणीकरण भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव रामशरण घिमिरेले बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -