विविधताबीचको एकता देशको पूँजी र पहिचान हो : मुख्यमन्त्री पौडेल

विविधताबीचको एकता देशको पूँजी र पहिचान हो : मुख्यमन्त्री पौडेल


१५ पुस : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विविधताबीचको एकता नै देशको पूँजी र पहिचान भएको बताउनुभएको छ ।

गुरुङ समुदायको महान्चाड तमु ल्होसारको अवसरमा आज एक शुभकामना सन्देश प्रकाशित गर्दै मुख्यमन्त्री पौडेलले तमु ल्होसारले राष्ट्रिय एकता, सद्भाव र प्रेम बढाउने विश्वास व्यक्त गर्नुभएको छ ।

Advertisement

मुख्यमन्त्री पौडेलले ‘फो ल्हो’ अर्थात् मृगवर्षलाई बिदा दिँदै ‘च्यु ल्हो’ अर्थात् मुसावर्षलाई नयाँ वर्षका रुपमा मनाइने यसवर्षको ल्होसारले नेपाली नेपालीबीच भाइचारा वृद्धि गर्न सकोस् भन्ने कामना गर्नुभएको छ ।

‘गुरुङ (तमु) जातिको महान् पर्व तमु ल्होसारका अवसरमा सुख, शान्ति एवं संवृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । विविधताबीचको एकता नै हाम्रो पूँजी र पहिचान हो’, सन्देशमा उल्लेख छ ।

‘गुरुङ (तमु) समुदायले मनाउने यस पर्वले राष्ट्रिय एकता, सद्भाव र प्रेम बढाउने विश्वास गरेको छु । अन्त्यमा, गुरुङ समुदायको महान् पर्व तमु ल्होसारका अवसरमा यहाँहरु सबैको सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछु’, मुख्यमन्त्री पौडेलद्वारा प्रकाशित शुभकामना सन्देशमा उल्लेख छ ।

User Avatar
रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) मा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिने पहिलो व्यक्ति हुनुहोस् ।

जवाफ दिनुहोस

Your email address will not be published.

सम्बन्धित पोस्टहरू

भिडियो

छुट्यो कि?