स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

पर्यटनमैत्री संस्कृतिको विकास गर्न आवश्यक: मुख्यमन्त्री पोखरेल

सेयर गर्नुहोस

१५ पुस : बुटवलमा दोस्रोे सडक खाना महोत्सव सोमबारदेखि शुरु भएको छ । नेपाल भ्रमण वर्ष २०२० र प्रदेश नं ५ सरकारले सञ्चालन गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल बनाउने उद्देश्यका साथ होटल तथा रेष्टुरेण्ट व्यवसायी सङ्घ रुपन्देहीले सडक खाना महोत्सव आयोजना गरेको हो ।

महोत्सवको उद्घाटन कार्यक्रममा प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पर्यटनमैत्री संस्कृतिको विकास गर्न आवश्यक रहेको बताउनुभयो । प्रदेशको समृद्धिको आधार पर्यटन भएकाले जनताको जीवनस्तर परिवर्तन गर्न पर्यटनको विकास आवश्यक रहेको उहाँको भनाइ थियो ।

मुख्यमन्त्री पोखरेलले बुटवललाई पर्यटकीय ‘हव’ बनाउन परम्परागत शैलीमा परिवर्तन गरी पर्यटकलाई नयाँ स्वाद र पृथक आनन्दको अनुभूति दिलाउन सक्नुपर्ने बताउनुभयो । मुख्यमन्त्री पोखरेलले हप्तामा एक दिन स–परिवार घर बाहिर गएर खाना खाने परिपाटीको विकास गर्न आवश्यक रहेको बताउनुभयो । “प्रायः भान्साको काम दिदीबहिनीको हुन्छ ।

हप्तामा एक दिन अरुको बिदा हुन्छ तर उहाँहरुले आराम गर्ने दिन पाउनुहुन्न । यसमा सुधार ल्याउन हप्तामा एक दिन घर बाहिर गएर खाने बानीको विकास गर्नुपर्छ”, उहाँले भन्नुभयो, “यसो गर्दा एक दिन भए पनि महिलालाई आराम मिल्छ ।”

कार्यक्रममा प्रदेश नं ५ का उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले बुटवल बजारलाई रात्रिकालीन बजारको रूपमा व्यवस्थित गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले दिनभरि काम गर्ने र रातिको समयमा मनोरञ्जन गर्नेगरी बुटवललाई २४सै घण्टा उज्यालो शहरका रूपमा विकास गर्न प्रदेश सरकारले योजना बनाएको बताउनुभयो ।

कार्यक्रममा होटल व्यवसायी महासङ्घका अध्यक्ष हिराध्वज शाह, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घ प्रदेश नं ५ का अध्यक्ष भाष्कर काफ्लेलगायतले बुटवल पर्यटन ‘हव’का रूपमा विकसित हँुदै गएको बताउनुभयो ।

यसअघि कार्यक्रमस्थलबाट विभिन्न जातजातिको सांस्कृतिक पहिचान झल्किने झाँकीसहितको ¥यालीले बजार परिक्रमा गरेको थियो । तीन दिनसम्म सञ्चालन हुने सडक खाना महोत्सवमा नेपाली, इण्डियन, चाइनिज, जापानिज, इटालियन र थाई खाना तथा अन्य खानाका १२५ स्टल राखिएको सङ्घका अध्यक्ष समुन्द्र जिसीले जानकारी दिनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -