स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

आधुनिक फुटबल मैदान निर्माण जारी : निर्धारित समय भित्र सम्पन्न गर्न मुख्यमन्त्री पौडेलको निर्देशन

सेयर गर्नुहोस

 ११ पुस : मकवानपुरको हेटौँडामा निर्माणाधीन फुटबल मैदानको ८० प्रतिशत कार्य सम्पन्न भएको छ । आधुनिक र सुविधासम्पन्न सो अन्तरराष्ट्रियस्तरको आधुनिक फुटबल मैदानको अगामी फागुनसम्म निर्माण सम्पन्न हुने खेलकूद विकास समितिका अध्यक्ष माधव तिमल्सिनाले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेश सरकारको रु पाँच करोडको लागतमा निर्माणाधीन सो खेदमैदानको सम्याउने, विभिन्न चरणमा मिलाउने तथा पानी नजम्ने प्रविधिका लागि निकासका साधनहरु जडान गरी मिलाउने कार्य जारी रहेको छ । प्रदेश सरकारले मकवापुरको हेटौँडा र सिन्धुपाल्चोकमा समेत फुटबल मैदान निर्माण गरिरहेको र दुवैको अन्तिम चरणमा रहेको प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो“ खेल क्षेत्रको विकास गर्न सक्ने हो भने देशले आर्थिक लाभ लिनसक्छ । ।”

मुख्यमन्त्री पौडेलले खेलक्षेत्रका पूर्वाधारहरुको विकास गरेर ठूला अन्तरराष्ट्रिय प्रतियोगिता गर्ने हो भने खेल पर्यटन वृद्धि हुने र अर्थिक वृद्धिदर हुने वताउनुभयो । रासससँग कुरा गर्दै उहाँले काममा हुने ढिलाइ कुनै पनि शर्तमा सह्य नहुने बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले यही वर्षभित्र आधुनिक प्रविधियुक्त उत्कृष्ट फुटबल मैदान, अन्तरराष्ट्रिय प्रतियोगिता गर्न मिल्ने खालको भलिबल कोर्टसहितको कभर्डहल र एक वर्षभित्र क्रिकेट मैदान सम्पन्न गर्नेगरी काम गरिरहेको जानकारी दिनुभयो ।

मुख्यमन्त्री पौडेलले हेटौँडामा रहेको गौरीटार रङ्गशालामा फुटबल मैदान र कभर्डहलको निर्माणकार्य अन्तिम चरणमा पुगेको जानकारी दिँदै सोही स्थानमा आगामी वर्षभित्र क्रिकेट मैदानको निर्माणकार्यसमेत सकिने र फुटबल मैदानको प्यारापिट निर्माणकार्यसमेत तत्काल शुरु गरिने बताउनुभयो ।

“हाम्रो कार्यकालभित्र सबैखालका प्रतियोगिता आयोजना गर्न मिल्ने अन्तरराष्ट्रियस्तरका रङ्गशाला निर्माण हुन्छन्, प्रदेशका सबै जिल्लामा व्यवस्थित खेल मैदानहरु बन्छन्, स्थानीय तहहरुमा पनि खेलमैदान निर्माणकार्यलाई प्राथमिकता दिइन्छ ” उहाँले भन्नुभयो ।

२३ बिघा जमीनमा फैलिएको उक्त प्रतिष्ठानमा खेलाडी बसोबास गर्ने सुविधायुक्त आवासको निर्माण पनि भइसकेको छ । प्रतिष्ठानको गुरुयोजनाअनुसार फुटबल मैदान, बहुउद्देश्यीय कभर्डहल, पौडीपोखरी, महिला तथा पुरुष खेलाडीको छुट्टाछुट्टै आवास कक्ष, रिक्रिएसन कक्ष, औषधोपचार कक्ष र प्रशासनिक भवन निर्माण हुने जनाइएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -