स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

भ्रमण वर्ष लक्षित दौड प्रतियोगिता हुने

visit nepal 2020 - The Times Of Nepal
सेयर गर्नुहोस

१० पुस : नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने लक्ष्यका साथ स्याङ्जाको कोल्मा बाहकोटमा दोस्रो संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता आयोजना गरिने भएको छ ।

सातसय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजनामा ‘स्वास्थ्यका लागि दौड, राष्ट्रका लागि दौड’ भन्ने मूल नाराका साथ आगामी माघको २५ गते क्रसकन्ट्री दौड प्रतियोगिता आयोजना गर्न लागिएको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी स्याङ्जाको पुतली बजार नगरपालिका–९ को कोल्मा बहाकोटसहित तनहुँ र बिरुवा गाउँपालिकालाई समेत समेटेर सो क्षेत्रमा रहेका सांस्कृतिक पक्षलाई उजागर गर्ने उद्देश्य रहेको सम्पर्क मञ्चका अध्यक्ष जीत गुरुङले बताउनुभयो ।

आर्थिक विकास गर्नसके गाउँबस्ती रित्तिनबाट जोगाउन सकिन्छ भन्ने अभिलाशा बोकी ‘संस्कृति संरक्षणका लागि एकजुट, पर्यटन प्रवद्र्धनका लागि खेलकूद’ भन्ने अभिप्रायका साथ दौडसँगै स्थानीय संस्कृतिको प्रदर्शन, घरवास साँझको व्यवस्था गरिने उहाँको भनाइ छ ।

प्रतियोगिताअन्तर्गत ३१ र १४ किलोमिटर खुला दौडअन्तर्गत कोल्मा बराहचौरदेखि, काहुले, डाँडा स्वारा, नाम्चे, काल्खु, तनहुँको शुक्ला गण्डकी नगरपालिका–११ बिसाउना, बिरुवा गाउँपालिकाको खुदी, मड्किना हुँदै कोल्मा बराहचौरमा पुगरे समापन हुने कार्यक्रम रहेको छ ।

प्रतियोगितामा खुला पुरुषतर्फ प्रथम हुनेले नगद रु ५० हजार, द्वितीय रु ४० हजार र तृतीय हुनेले नगद रु ३० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी प्रतियोगिताको २१ वर्षमुनिका पुरुष १४ किलोमिटर दौडतर्फ प्रथम, द्धितीय र तृतीय हुनेले क्रमशः रु २० हजार, रु १५ हजार र रु १० हजारसहित मेडल र प्रमाणपत्रको व्यवस्था गरिने जनाइएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -