स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

भ्रमण वर्ष शुभारम्भका दिन बाँकेमा विशेष कार्यक्रम हुने

visit nepal 2020 - The Times Of Nepal
सेयर गर्नुहोस

 ८ पुस  : भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन बाँकेमा विशेष कार्यक्रमको तयारी गरिएको छ । नेपालगञ्जमा भव्य विशेष कार्यक्रम आयोजना हुने तथा जमुनाहनाका हुँदै आउने विदेशी पर्यटकलाई भव्य स्वागत गरिने होटल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष भीम कँडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार भ्रमण वर्ष शुभारम्भको दिन जमुनाहनाकामा दुई हजार बढी पर्यटक भित्र्याइने र उनीहरुलाई भव्य स्वागत गर्ने योजना बनाइएको छ । पर्यटन प्रवद्र्धनका लागि बनेको प्रदेशस्तरीय समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले विशेष कार्यक्रमका लागि प्रदेश सरकार र स्थानीय तहको साझेदारी खोजिएको बताउनु भयो ।

होटल व्यवसायी सङ्घ प्रदेश नं ५ का अध्यक्ष भाष्कर काफ्लेले भन्नुभयो, “पर्यटकले चाहेमा जङ्गल सफारीसमेत गर्ने व्यवस्था मिलाइएको छ । ” प्रदेश नं ५ सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षको प्रदेशस्तरीय शुभारम्भ कार्यक्रम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य बर्दियाको ठाकुरद्वारामा आयोजना हुनेछ ।

भ्रमण वर्षलाई लक्षित गर्दै आन्तरिक तथा बाह्य पर्यटकका लागि निकुञ्जमा सफारी खुला गरिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिनुभयो । उहाँले पर्यटकलाई निकुञ्ज अवलोकन गर्न आउन आग्रह गर्दै यहाँको प्राकृतिक मनोरम वातावारणको आनन्द लिन सबैलाई जङ्गल सफारी खुला गरिएको बताउनुभयो ।

होटल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष भीम कँडेलले ५ नं प्रदेशका सबै जिल्लामा विविध कार्यक्रमका साथ भ्रमण वर्षका कार्यक्रमलाई प्रभावकारीरूपमा अघि बढाइने निर्णय भएको जानकारी दिनुभयो । बाँकेका घरवासले पनि भ्रमण वर्ष लक्षित विशेष अभियान शुरु गरेको पर्यटन प्रवद्र्धन प्रदेश समितिका सदस्य कृष्ण चौधरीले बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -