स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

जनकपुरमा फेरि अर्को बम जस्तै शंकास्पद बस्तु फेला

सेयर गर्नुहोस

एकाविहानै जनकपुरको शुक्रबारे बजार नजिकै फेरि आर्को बम जस्तै शंकास्पद वस्तु फेला परेको छ । घटनास्थलदेखि जिल्ला प्रहरी कार्यालय पनि नजिकै पर्छ ।

शंकास्पद बस्तु फेला परेपछि प्रहरीले सडकमा आवत जावत ठप्प पारेको छ । फेला परेको शंकास्पद बस्तु बम रहेको आशंका छ । तर बम नै हो भन्ने पुष्टि हुन सकेका छैन ।शंकास्पद बस्तु कति बेला फेला परेको कुरा खुल्न सकेका छैन । तर अहिले प्रहरी घटनास्थलको चारैतीरबाट घेरा हालेर बसेका छन् ।

उक्त शंकास्पद बस्तु पहिचानका लागि नेपाली सेनालाई प्रहरीले खबर गरिसकेको छ । सेनाको डिस्पोजल टोली पुगेपछि बम हो वा होइन पुष्ठि गर्ने प्रहरीले जनाएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -