स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

नेपाल भ्रमण वर्षको शुभारम्भ भव्य तयारी

नेपाल भ्रमण वर्षको शुभारम्भ भव्य तयारी
सेयर गर्नुहोस

 ६ पुस : प्रदेश १का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले नेपाल भ्रमण वर्ष २०२० को उपलक्ष्यमा विशेष कार्यक्रम आयोजना गरिने जानकारी दिनुभएको छ ।

यही पुस १६ गते विराटनगरस्थित शहीद रङ्गशालामा आयोजना हुने उद्घाटन समारोहलाई भव्य बनाउन सबै उपसमितिहरु सक्रियरूपमा लागेको शनिबार आयोजित पर्यटन प्रवद्र्धन समितिको बैठकमा उहाँले जानकारी दिनुभयो । मन्त्री कुसियतले उद्घाटन कार्यक्रमलाई व्यवस्थित एवं भव्य बनाउन बाँकी रहेका कामलाई समेत द्रुतगतिमा सम्पन्न गर्न निर्देशन दिनुभयो ।

रङ्गशालामा हुने उद्घाटन कार्यक्रममा १० हजारको सहभागिता गराइनुका साथै प्रदेशमा बसोबास गर्ने विभिन्न जातजातिका झाँकी प्रदर्शन, १४ जिल्लामा उत्पादन हुने स्थानीय उत्पादन र परिकारका प्रदर्शनी कक्षसमेत राखिने मूल समारोह व्यवस्थापन उपसमितिका संयोजक फणिन्द्र अधिकारीले जानकारी दिनुभयो । एयर बेलुनबाट भ्रमणवर्ष २०२० को झण्डा फहराउनुका साथै हेलिकोप्टरबाट पुष्पवृष्टि गरिने छ । उद्घाटनपूर्व साइकल÷मोटरसाइकल ¥याली, विभिन्न नाका र विमानस्थलमा आउने पर्यटकलाई स्वागत गर्नेसमेत तयारी पूर्ण भएको मूल समारोह व्यवस्थापन उपसमितिले गरेको छ ।

पर्यटन प्रवद्र्धन समितिका संयोजकसमेत रहनुभएका मन्त्री कुसियतले उद्घाटनलाई भव्य बनाउन हालसम्म भएका प्रगतिका विषयमा समेत उपसमितिहरुसँग छलफल गर्नुभएको थियो ।

सो अवसरमा उपसमिति संयोजकहरुले आ–आफ्ना समितिले गरेका र अब बाँकी रहेका कामका बिषयमा जानकारी गराउनुभएको थियो । भ्रमण वर्ष सफल बनाउन सबै जिल्लालाई समेटेर विभिन्न विषयगत १२ उपसमिति बनाइएको छ । मुख्यमन्त्री शेरधन राईले नेपाल भ्रमण वर्षको प्रदेशस्तरीय कार्यक्रमको उद्घाटन पुस १६ गते गर्नुहुने मूल समितिले जनाएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -