स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

मेचे विद्यार्थी पढ्ने विद्यालयलाई कम्प्युटर सहयोग

computer - The Times Of Nepal
सेयर गर्नुहोस

 ५ पुस : सीमान्तकृत मेचे जातिको बसोबास रहेको झापाको मेचीनगर नगरपालिका–११ धाइजनस्थित भानु आधारभूत विद्यालयलाई सञ्जीवनी महिला विकास संस्थाले कम्प्युटर र प्रिन्टर सहयोग गरेको छ ।

विद्यालयको स्वर्ण महोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा विद्यालयलाई सो सहयोग हस्तान्तरण गरिएको हो ।

संस्थाकी अध्यक्ष रेणुका डाँगीले सांसद सुरेन्द्र कार्कीको पूर्वाधार विकास बजेटबाट प्राप्त रकमबाट विद्यालयलाई कम्प्युटर र प्रिन्टर प्रदान गरिएको बताउनुभयो ।

विसं २०२५ मा स्थापना भएको यस विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी र केही शिक्षक मेचे समुदायकै रहेका प्रधानाध्यापक विष्णुकुमारी राउतले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयमा पहिलोपटक कम्प्युटर भित्रिएको छ । प्रदेशसभा सदस्य गोपाल बुढाथोकीले विद्यालयद्वारा निर्माण गरिएको स्वर्ण महोत्सव स्तम्भको अनावरण र प्रकाशित गरिएको स्वर्ण स्मारिकाको आजै विमोचन गर्नुभएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -