स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

सौर्य ऊर्जा पाएपछि सेवा प्रभावकारी

The Times Of Nepal
सेयर गर्नुहोस

 ५ पुस : स्वास्थ्य सेवा प्रभावकारी बनाउनका लागि नलगाड नगरपालिकाले विद्युत् नपुगेका ठाउँमा सौर्य ऊर्जा वितरण गरेको छ ।

नगरपालिकाभित्रका वडा नं ३, ७ र १२ मा रहेका स्वास्थ्य संस्थामा सौर्य ऊर्जा सहयोग गरेसँगै यहाँको सेवा प्रवाहमा सुधार आएको छ । विद्युत् नभएर सुत्केरी सेवा, ल्याब सेवा सञ्चालनमा समस्या हुँदै आएका यी ठाउँमा अहिले सौर्य ऊर्जाबाट सबै काम गर्न सजिलो भएको औलगुत्तास्थित स्वास्थ्य संस्थाका सुमिना चन्दले बताउनुभयो ।

मोबाइल, टर्च र सल्लीको दियालो बालेर प्रसूतिगृहमा सेवा प्रवाह गर्दै आएका स्वास्थ्य संस्थामा अहिले सेवा लिन आउने सेवाग्राहीसमेत खुशी छन् ।

डाँडागाउँ, दल्ली र औलगुत्तामा पहिलो चरणमा सौर्य ऊर्जा दिएर राम्रो सेवा प्रवाह भएको पाइएको र अब पूर्ण मागका आधारमा अन्य ठाउँमा सेवा दिइने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिनुभयो ।

कैनास्थित स्वास्थ्य संस्थामा यो आर्थिक वर्षमै खानेपानी र सुविधायुक्त शौचालय निर्माण कार्य जारी रहेको छ । नगरपालिका भित्रका १, ४, ५, ६, ९, १० र १२ नं वडामा सङ्घीय सरकारको सहयोगमा नयाँ सुविधायुक्त भवन निर्माण कार्यसमेत शुरु गरिएको छ ।

सबै नागरिकलाई स्वास्थ्यको पहुँचमा पु¥याउनका लागि नयाँ भवनसहित स्वास्थ्यकर्मी नियुक्तिको काम शुरु गरिएको नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिनुभयो।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -