स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

पाँच करोडको खानेपानी योजना शुरु

Latest Nepal News - The Times Of Nepal provides latest news from Nepal and the world. Get all exclusive Breaking News Nepal, current headlines, live news, including hot topics, latest breaking news on business, sports, world and entertainment.अक्षयकोष money, trending news, hot news, latest news
सेयर गर्नुहोस

 ५ पुस : प्रदेश नं ५ को आर्थिक सहयोगमा दाङको पश्चिम क्षेत्रमा पर्ने शान्तिनगर र दङ्गीशरणलाई पुग्ने गरी करीब रु पाँच करोडको लागतमा खानेपानी योजना शुरु भएको छ ।

शान्तिनगर गाउँपालिकाका वडा नं ३, ४ र दङ्गीशरण गाउँपालिका वडा नं ६ लाई खानेपानीको पहुँच पुग्ने गरी प्रदेश सरकारबाट यसै वर्षदेखि शुरु हुनेगरी बजेट विनियोजन गरिएको छ ।

रु चार करोड ९९ लाख लागतको ‘गैरीखेत चिसापानी खानेपानी योजना’ नाम दिएर शुरु गरिएको योजनाको प्रदेशसभा सदस्य विमला वलीले शिलान्यास गर्नुभएको छ ।

प्रदेशसभा सदस्य वलीका अनुसार चालू आर्थिक वर्षबाट निर्माणको काम हुने योजनाको ट्याङ्की निर्माणका लागि रु ७० लाख र पाइपलाइन विस्तार तथा व्यवस्थापनका लागि करीब रु एक करोड १७ लाख बराबर ठेक्का प्रक्रियामा अगाडि बढाइको छ ।

गैरीखेत चिसापानी खानेपानी समितिका अध्यक्ष गोमनबहादुर ओलीले खानेपानी योजना सम्पन्नपछि दुई गाउँपालिकाका करीब दुई दर्जन गाउँमा खानेपानी पुग्ने बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -