स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

डेङ्गुका कारण बङ्गलादेशमा यस वर्ष १४१ जनाको मृत्यु

डेंगू - डेङ्गुको उपचारमा ध्यान दिन सरकारको ध्यानाकर्षण - Dengue virus - The Time of Nepal
सेयर गर्नुहोस

ढाका, ३ पुस : लामखुट्टेको टोकाइका कारण आउने डेङ्गु ज्वरोका कारण यस वर्ष बङ्गलादेशमा मृत्यु हुनेको सङ्ख्या १४१ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ ।

सरकारले डिसेम्बर १ देखि १८ सम्ममा डेङ्गु भाइरसको सङ्क्रमणबाट सङ्क्रमण भई अस्पताल भर्ना हुने बिरामीको सङ्ख्या १०८३ भएको जानकारी गराएको छ ।

स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा निर्देशनालयले दिएको तथ्याङ्कमा डेङ्गुका कारण अप्रिलमा दुई, जुनमा छ, जुलाईमा ३५, अगस्टमा ८२, सेप्टेम्बरमा १३ र अक्टोबरमा तीन र डिसेम्बरमा जनाको मृत्यु भएको थियो । निर्देशनालयले बङ्गलादेशमा यस वर्ष १४१ जनाको मृत्यु भएको र एक लाख एक हजार १४५ व्यक्तिमा डेङ्गुको सङ्क्रमण देखिएको पुष्टि गरेको थियो ।

डेङ्गुका कारण नोभेम्बरमा चार हजार ११, अक्टोबरमा आठ हजार १४३, सेप्टेम्बरमा १६ हजार ८५६ र अगस्टमा सबैभन्दा धेरै ५२ हजार ६३६ व्यक्ति डेङ्गुको सङ्क्रमणपछि अस्पताल पुगेका थिए । गत वर्षको तुलनामा डेङ्गुका कारण मृत्यु हुनेको सङ्ख्या झण्डै पाँच गुणा बढेको र सङ्क्रमण झण्डै दश गुणामा देखिएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -