स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल शुरु : सैनिक खेलाडीबाट गोलको वर्षा

सेयर गर्नुहोस

२९ मङ्सिर : प्रधानसेनापति सातौँ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आजदेखि यहाँ शुरु भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)सँगको सहकार्यमा सञ्चालित उक्त प्रतियोगिताको प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक मुख्यालयस्थित खेल मैदानमा उद्घाटन गर्नुभयो ।

प्रतियोगिताअन्तर्गत आज भएको पहिलो उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबले प्रदेश नं १ लाई शून्यका विरुद्ध नौ गोलले पराजित ग¥यो । खेल शुरु भएको २ मिनेटमा अग्रता लिएको त्रिभुवन आर्मी क्लबले मध्यान्तरअघि ५ र मध्यान्तरपछि ४ गोल गरेको थियो ।

आर्मीका तर्फबाट शर्मिला थापा मगर र रेश्मीकुमारी घिसिङले ३–३ गोल गर्नुभयो भने विमला चौधरीले २ र सपना लामाले १ गोल गर्नुभयो । प्रधानसेनापति थापाले आजको प्रतियोगिताको विशिष्ट खेलाडीको सम्मान त्रिभुवन आर्मी क्लबका मगरलाई प्रदान गर्नुभयो । खेल शुरु भएसँगै २, ७, १०, ४३, ४४, ५८, ६५, ७३ र ७५ मिनेटमा आर्मीका खेलाडीले लगातार गोल वर्षाएका थिए ।

शुरुदेखि निरन्तर दवावमा रहेका प्रदेश नं १ का खेलाडीले मध्यान्तरपछि खेलमा केही सुधार गरे पनि आक्रमकरुपमा प्रस्तुत भएका सेनाका खेलाडी सामु उहाँहरुको प्रदर्शनी फितलो सावित भएको थियो । प्रतियोगितामा तीन विभागीय, दुई विदेशी तथा तीन प्रदेशका फुटबल टोली सहभागी छन् । आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, प्रदेश नं १, प्रदेश नं २, प्रदेश नं ५ तथा भारतको सिक्किम र भुटानको फुटबल टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

लिग र नकआउटका आधारमा सञ्चालन हुने उक्त प्रतियोगिताको विजेताले रु तीन लाख, उपविजेताले रु एक लाख ५० हजार तथा सेमिफाइनल पुग्ने दुई टोलीले रु ५०÷५० हजार पुरस्कार प्राप्त गर्र्नेछन् । महासेनानी शशिकिरण रायमाझीका अनुसार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान स्कुटर प्रदान गरिनेछ । यस्तै उत्कृष्ट किपर, मिड फिल्डर, डिफेन्डर, फरवार्ड र प्रशिक्षकलाई जनही रु १०÷१० हजार प्रदान गरिनेछ । सेनाले २०७० सालदेखि उक्त प्रतियोगिता आयोजना गर्दै आएको छ ।

“सैनिक–नागरिक सम्बन्ध बढाउन, महिलालाई खेलप्रति आकर्षित गर्न तथा खेलका माध्यमबाट सम्बन्ध सुमधुर बनाउन प्रतियोगिता आयोजना गरिएको महासेनानी रायमाझीले बताउनुभयो । विगतमा सोझै नकआउटका आधारमा सञ्चालन गरिँदै आएको सो प्रतियोगिता यस पटक विदेशी फुटबल टोलीको आग्रहमा लिग र नकआउटका माध्यमबाट सञ्चालन गर्न लागिएको हो ।

खेल सेनाको मुख्यालयभित्र रहेको खेल मैदान तथा ललितपुरको लगनखेलस्थित सेनाका दुई मैदानमा खेलाइनेछ । प्रतियोगिता आगामी पुस ९ गतेसम्म चल्नेछ । उद्घाटन समारोहमा अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष कर्माछिरिङ शेर्पा, राष्ट्रिय खेलकूद परिषद् (राखेप)का उपाध्यक्ष पीताम्बर तिमिल्सिना, पूर्वप्रधानसेनापतित्रय प्रज्वलशम्शेर राणा, प्यारजङ्ग थापा र राजेन्द्र क्षत्रीलगायत सुरक्षा निकायका उच्चपदस्थ अधिकृत र खेलप्रेमी आजको खेल हेर्न सैनिक मुख्यालय पुग्नुभएको थियो ।

यसअघि प्रतियोगिताका बारेमा जानकारी दिँदै उपरथी शशिचन्द्रबहादुर सिंहले राष्ट्रको खेल क्षेत्रको विकासका लागि खेलाडीको मनोबल बढाउन र प्रोत्साहन गर्न यो प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । उहाँले ‘स्वास्थ्यका लागि खेलकूद र राष्ट्रका लागि खेलकूद’ भन्ने नाराका साथ शुरु भएको प्रतियोगिताले मित्रता कायम गर्न योगदान पु¥याउने विश्वास पनि व्यक्त गर्नुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -