स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

काँग्रेस नेता पौडेलद्वारा पाथीभराको दर्शन

रामचन्द्रपौडेलद्वारा पाथीभराको दर्शन
सेयर गर्नुहोस

२९ मङ्सिर : काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आज परिवारसहित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शन गर्नुभएको छ ।

पार्टीभित्रको आन्तरिक विवाद बढिरहेका बेला काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बोलाइएकै दिन नेता पौडेल पाथीभराको दर्शनका लागि परिवारसहित यहाँ पुग्नुभएको हो । छोरा, बुहारी र नातीसहित यहाँ पुग्नुभएका पौडेलले आज बिहान पाथीभराको दर्शनपछि सुकेटार विमानस्थलमा पार्टीका स्थानीय नेता कार्यकर्तासँग संक्षिप्त भेटघाटसमेत गर्नुभएको थियो ।

भेटघाटका क्रममा उहाँले पार्टीभित्र रहेका आन्तरिक विवाद र असमझदारीका विषय प्याकजमै टुङ्गो लगाएर अघि बढ्ने बताउनुभयो । समयमा नै महाधिवेशन सम्पन्न गर्नका लागि कार्यतालिका बनाएरै अघि बढ्नेमा उहाँको जोड थियो ।

केन्द्रीय कार्यसमिति बैठकमा पार्टी महाधिवेशनलगायतका मुख्य विषयमा छलफल केन्द्रित नभएको भन्दै पार्टी सभापति शेरबहादुर देउवा र पौडेल पक्षबीच विवाद हुँदै आएको छ ।

पौडेल पक्षले यसअघिको बैठक बहिस्कार गरेपछि काँग्रेसले आजका लागि बैठक बस्ने निर्णय गरेको थियो । हेलिकप्टरमार्फत पाथीभराको दर्शनका लागि यहाँ आउनुभएका नेता पौडेल दर्शनपछि विराटनगर फर्किनुभएको बताइएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -