स्वागतम्,
Wednesday 24th April 2024   |   Switch to English
Times of Nepal

युवा मृत फेला

लास - शव
सेयर गर्नुहोस

पर्वत, २९ मङ्सिर : पर्वतको फलेवास नगरपालिका–७ चिर्दिखोलामा २६ वर्षीय युवक डिलबहादुर नेपाली मृतावस्थामा फेला परेका छन् ।

अत्याधिक मादक पदार्थ सेवनका कारण नेपालीको मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो । बाजुरा– जिल्लास्थित बडिमालिका नगरपालिका–९ चौराटाका ३५ वर्षीय जङ्गबहादुर विष्ट ठुलीगाड नजिक मृत अवस्थामा भेटिएका छन् । प्रहरीले विष्टको मृत्युबारे अनुसन्धान जारी राखेको जनाएको छ ।

विष्ट मालिका नमूना माविमा कार्यरत हुनुहुन्थ्यो । आवश्यक अनुसन्धानपछि मात्र शव परीक्षण गर्नुपर्ने माग आफन्तले राखेका छन् ।

बँदेल आक्रमणबाट मृत्यु

बँदेल आक्रमणबाट मृत्यु सप्तरी– सप्तरीको कञ्चनरुपा नगरपालिका–६ की ३५ वर्षीया सीतादेवी सदाको शनिबार बँदेलको आक्रमणबाट मृत्यु भएको छ ।

घर नजिकै जङ्गलमा खर काटन गएकी सदालाई जङ्गली बँदेलले एक्कासि आक्रमण गर्दा घाइते पारेको थियो । उहाँको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्राले जानकारी दिनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -