स्वागतम्,
Wednesday 24th April 2024   |   Switch to English
Times of Nepal

हानले चीनको छेन्दुमा नेपाल प्रवद्र्धन गर्ने

visit nepal 2020 - The Times Of Nepal
सेयर गर्नुहोस

२७ मङ्सिर : होटल व्यवसायीहरुको छाता सङ्गठन होटल एशोसिएसन अफ नेपाल (हान) ले नजिकिएको नेपाल भ्रमण वर्ष २०२० को प्रभावकारी प्रवद्र्धनका लागि चीनको छेन्दुमा नेपाल प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गर्ने भएको छ ।

नेपाल पर्यटन बोर्ड, नेपाल भ्रमण वर्ष सचिवालय तथा चीनस्थित नेपाली दूतावासको सहकार्यमा हानले यही मङ्सिर ३० देखि पुस ४ गते (डिसेम्बर १६–२०, २०१९) मा उक्त कार्यक्रम गर्न लागेको हो ।

त्यस प्रयोजनका निम्ति हानका अध्यक्ष सिर्जना राणाको नेतृत्वमा ६० सदस्यीय प्रतिनिधिमण्डल मङ्सिर ३० गते छेन्दु प्रस्थान गर्ने कार्यक्रम रहेको हानले आज विज्ञप्तिमार्फत जनाएको छ । उक्त कार्यक्रमको प्रमुख आतिथ्यता बेइजिङस्थित नेपाली दूतावासका राजदूत लिलामणि पौड्यालले गर्नुहुनेछ ।

हालै नेपाल भ्रमण गर्नुभएका छिमेकी मुलुक चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणपश्चात चिनियाँ पर्यटकको नेपाल भ्रमणमा उल्लेख्य वृद्धि हुने र यस कार्यक्रमबाट अझ यसलाई व्यापक बनाउन सकिने हेतु त्यहाँका प्रतिष्ठित ट्राभल तथा टूर अपरेटरहरुसँग नेपाली होटलको बिटूबी मिटिङ तथा नेपाल प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गरिने जनाइएको छ ।

सोही अवसरमा हानले नेपालको अर्धवार्षिक साधारणसभा छेन्दुमा गर्नेछ । प्रत्येक अर्धवार्षिक साधारणसभा मुलुक बाहिर गर्ने नीतिअनुसार यस वर्ष चीनमा आयोजना गरिने भएको हो । हानले नेपाल भ्रमण वर्ष २०२० लाई थप सशक्त बनाउन पर्यटकको आकर्षणका लागि भ्रमण वर्षभरिका लागि यसअघि नै विशेष योजनाअन्तर्गत आवास र खानामा छुट दिइसकिएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -